क्रान्तिकारी माओवादीले शुरु गरे चुनाव बहिस्कारको प्रचार अभियान – फाेटाे फिचर


 



नवलपुर । नेकपा क्रान्तिकारी माओवादीले बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि बहिस्कार अभियान अन्तरगत प्रचार अभियान शुरु गरेको छ ।

नेकपा क्रान्तिकारी माओवादीले नवलपुरको कावासोतीबाट अभियान शुरु गरेको हो । पार्टीका पोलिट व्युरो सदस्य अशोक लम्सालको घर बहिस्कारको पोष्टर टाँसेर अभियान शुरु गरेका हुन् ।




पोलिटव्युरो सदस्य अशोक लम्साल, देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल प्रदेश ४ का संयोजक नेत्र रानाभाट लगायतको टोलीले आज कावासोतीको विभिन्न स्थानमा पोष्टर टाँगेका हुन् । नेकपा क्रान्तिकारी माओवादी र देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालले स्थानीय तहको निर्वाचन सशक्त बहिस्कार गर्ने निर्णय गरेको छ ।

सोही अभियान अन्तरगत शुक्रबार कावासोतीमा कावासोती नगरपालिका गेट, नगरपालिकाको सूचना पार्टी लगायतका क्षेत्रमा पोष्टर टाँगेर प्रचार अभियान शुरु गरिएको हो ।

क्रान्तिकारी माओवादीले भित्ते लेखन, पोष्टर पम्पप्लेट, राँकेजुलुस कोण सभा लगायतका कार्यक्रम गरेर स्थानीय तहको निर्वाचनको बहिस्कार गर्ने जनाएको छ ।

 

 

 

 

 

 

 

 

 



सम्बन्धित
Loading...