तनहू र परासीमा पनि निर्वाचन बहिस्कार पोष्टर टाँसे, कावासोतीमा प्रहरीले पोस्टर च्यात्यो


तनहुँ – नेकपा क्रान्तिकारी माओवादी र देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालले गण्डकी प्रदेशको तनहु र लुम्बिनी प्रदेशको नवलपरासीमा पनि निर्वाचन बहिस्कार अभियानका पोष्टर टाँस्ने र पर्चा वितरणलाई तीव्र पारेको छ ।



तनहुँमा आज देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल गण्डक प्रदेश अध्यक्ष नेत्र रानाभाट, नेकपा क्रान्तिकारी माओवादीको केन्द्रिय सदस्य एवम् तनहु इन्चार्ज बाबुराम सुवेदी लगायतका टोलीले तनहुको दमौली आसपासका क्षेत्रमा निर्वाचन बहिस्कारका पोष्टर टाँस्ने र पर्चा वितरण गर्न शुरु गरेका हुन् ।

 




 

परासीः त्यसैगरी पश्चिम नवलपरासीमा पनि नेकपा क्रान्तिकारी माओवादीका नेताकार्यकर्ताले स्थानीय निर्वाचन बहिस्कारको प्रचारात्मक अभियान अन्तरगत सार्बजनिक स्थलमा पर्चा पम्पलेट टास्ने काम तिब्र पारेका छन ।

यता कावासोतीमा नेकपा क्रान्तिकारी माओवादीले निर्वाचन बहिस्कारको प्रचारात्मक अभियान अन्तरगत टाँसेका पोष्टरहरु प्रहरीले च्याति दिएका छन् ।
क्रान्तिकारी माओवादीका पोलिट व्युरो सदस्य अशोक लम्सालको घर टाँसेका पोष्टर प्रहरीले च्यातिदिएका हुन् । त्यसैगरी लम्साललाई प्रहरीले गिरफ्तारीको धम्की समेत दिएका थिए ।

 



सम्बन्धित
Loading...