कारको ठक्करबाट एकै परिवारका तीन जनाको मृत्यु




नेपालगञ्जमा आइतबार राति कारले ठक्कर दिँदा तीन जना पैदल यात्रुको मृत्यु भएको छ ।

 

बिपी चोक नजिकै सडकमा हिडिरहेका तीन जनालाई कारले ठक्कर दिएको थियो ।

 




नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ११ की ६५ वर्षीया समिना इद्रिसी, पाँच वर्षीय कसिम इद्रिसी र पाँच वर्षकै अलि इद्रिसीको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

 

ठक्कर दिने कार चालकले नै उनीहरुलाई उपचारका लागि अस्पताल लगेकोमा तीनै जनाको मृत्यु भएको हो ।

 

कार चालक नेपालगञ्ज उपमहानगर १० का २८ वर्षीय इन्द्रबहादुर थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 



सम्बन्धित
Loading...