बस दुर्घटना, चालकसहित २४ जना यात्रु घाइते


 



सर्लाहीको ईश्वरपुर नगरपालिका–५ फुलजोर चोकमा सोमबार बिहान बस पल्टिदा चालक सहित बसमा सवार २४ जना यात्रु घाइते भएका छन् ।

 

घाइते मध्ये ५३ बर्षीया कमला श्रेष्ठ राईको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । उनको जनकपुर स्थित रामा मेमोरियल अस्पतालमा उपचार भइरहेको छ ।

 




पारिश्रमिक सहकारी संस्था मोरङबाट भ्रमणको लागी प्युठान पुगेर मोरङतर्फ फर्कंदै गर्दा प्रदेश ३–०१–००५ ख ९८६० नम्बरको बस आज बिहान पौने ४ बजे दुर्घटनामा परेको थियो ।

 

घट्यो सुनको मूल्य, यस्तो छ आजको भाउ

 

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँले घटेर एक लाख एक सय रुपैयाँ तोकिएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला एक लाख तीन सय रुपैयाँमा कारोबार भएको थियो ।

 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९९ हजार ६ सय रुपैयाँ तोकिएको छ । यसको मूल्य आइतबार प्रतितोला ९९ हजार ८ सय रुपैयाँ थियो ।

त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला एक हजार ३६५ रुपैयाँ कायम रहेको महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ९४१ डलर आसपास कारोबार भइरहेको छ ।

 

 



सम्बन्धित
Loading...