नवलपुरमा सवारी दुर्घटना एक जनाको निधन

रामकुमार श्रेष्ठ –
नवलपुर । पूर्वी नवलपरासीमा स्कूटरले पैदलयात्रीलाई ठक्कर दिंदा पैदल यात्रीको निधन भएको छ ।
इलाका प्रहरी कार्यालय नवलपुरका अनुसार आज साँझ गैडाकोट ५ ग्रिन डेभ्लपमेन्ट बैंक अगाडि पूर्वपश्चिम राजमार्गमा स्कूटरले पैदल यात्रीलाई ठक्कर दिएको हो ।
बा. प्र. ०३–००३ प २८३४ नम्बरको स्कुटरले गैडाकोट ५ निवासी ७५ बर्षीय पुरुष लालबहादुर निउरेलाई ठक्कर दिएको हो ।
दुर्घटनामा परी गम्भीर घाइते निउरेको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा निधन भएको इलाका प्रहरी कार्यालय गैडाकोटले जनाएको छ ।
दुर्घटनामा परी स्कुटर चालक गैडाकोट ८ निवासी २३ बर्षीया महिला मेनुका रिजाल घाइते भएकी छिन् । उनको गैडाकोट पोलिक्लिनिकमा उपचार भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा ३ घाइते
त्यसैगरी पूर्वी नवलपरासीमा हिजो छुट्टाछुट्टै दुई दुर्घटनामा ३ जना घाइते भएका छन् ।
ईलाका प्रहरी कार्यालय गैडाकोटका अनुसार हिजो पुर्व पश्चिम राजमार्ग अन्र्तगत गैडाकोट नगरपालिका ८ जयश्री पुलमा पुर्वबाट पश्चिम तर्फ जादै गरेको बाग्मती प्रदेश ०१–०२६च२५११ नम्बरको कार्गो डेलिभरी भ्यानले बाटो क्रस गर्दै गरेको साईकललाई ठक्कर दिंदा साईकल यात्री एक महिला घाइते भएकी हुन् ।
घाइते हुनेमा पूर्र्वी नवलपरासीको गैडाकोट नगरपालिका ४ बस्ने अन्दाजी ४५ वर्षिया महिला गिता थापा छन् । घाइतेको टाउको, मुख र शरिरको बिभिन्न भागमा गम्भिर चोट आएको छ ।
घाइतेको पुरानो मेडिकल कलेज भरतपुर चितवनमा उपचार भईरहेको छ हाल उनको अवस्था मध्यम छ ।
प्रहरीले भ्यान चालक, भ्यान र साईकल ईलाका प्रहरी कार्यालय गैडाकोटको नियन्त्रणमा रहेको बताएको छ ।
त्यस्तै ईलाका प्रहरी कार्यालय दुम्किबासका अनुसार हिजो पूर्वी नवलपरासीको बिनयी त्रिवेणी गाउँपालीका वडा २ आठघरे स्थित भित्री सडक खण्डमा दक्षिणबाट उत्तरतर्फ जादै गरेको लु १ ह ३६८ नम्बरको अटो आँफै अनियन्त्रीत भई सडकमा पल्टन जाँदा दुई जना यात्रु घाइते भएका छन् ।
प्रहरीका अनुसार घाईते हुनेमा बिनयी त्रिवेणी गाउँपालीका घडेरीटाँडी बस्ने अन्दाजी २८ वर्षिय सन्तोष बि.क. तथा अन्दाजी २५ वर्षिय सुरज मगर रहेका छन् । सन्तोष बि.क. को बायाँ हात र खुट्टामा र सुरज मगर को बायाँ खुट्टामा चोट आएको बतएको छ ।
प्रहरीले दुवैको अवस्था मध्यम रहेको र दुवैकोे डाडाजोर बस्ने सोही अटोका चालक ३७ वर्षिय रामु बस्यालद्वारा नयाँ मेडिकल भरतपुरमा उपचार भईरहेको र अटो प्रहरीको हिरासतमा रहेको बताएको छ ।