नयाँ शक्ति पार्टी विघटन


 



 

नयाँ शक्ति पार्टी विघटन भएको छ । पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईको नेतृत्वमा २०७३ जेठ ३० गते तामझामका साथ घोषणा भएको नयाँ शक्ति पार्टी विघटन भएको संयोजक रवि किरण हमालले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

 




डा. भट्टराईले नयाँ शक्तिका बहुमत सदस्यलाई तत्कालीन सङ्घीय समाजवादी फोरमसँग पार्टी एकता गर्नुभएको थियो ।

 

त्यसपछि नयाँ शक्ति पार्टीको नाममा हमालले गतिविधि अगाडि बढाउनुभएको थियो ।

 

पार्टीलाई वैकल्पिक शक्तिका रुपमा स्थापित गर्न नसक्नुमा प्रमुख जिम्मेवारी तत्कालीन संयोजक डा. बाबुराम भट्टराई र पछिल्लो जिम्मेवारी आफूले बहन गर्न नसकेको हमालले निकालेको विज्ञप्तिमा उल्लेख छ ।



सम्बन्धित
Loading...