एमालेमा कावासोतीका मेयर, उपमेयरमा ३० आकांक्षी




नवलपुर । नेकपा एमालेबाट नवलपुरको कावासोती नगरपालिकाको नगर प्रमुख र उपप्रमुखमा ३० जना आकांक्षी देखिएका छन् ।

 

नेपाली काँग्रेसबाट कावासोती मेयर उपमेयरमा २६ जना आकांक्षी रहेकोमा काँग्रेसलाई पनि पछि पार्दै एमालेका आकांक्षीको संख्या ३० पुगेको हो ।

 




आज कावासोतीमा नेकपा एमालेले कावासोती नगरपालिकाको नगरप्रमुख र उपप्रमुखको आकांक्षीहरुको नामावली संकलनका लागि आयोजना गरेको विस्तारित भेलामा नगर प्रमुखमा १६ जना र उपप्रमुखमा १३ जनाले आकांक्षा देखाएका हुन् ।

 

नगरप्रमुखमा सांसदहरुको नाम चर्चामा रहे पनि उनीहरुले उमदेवारका लागि आकांक्षा देखाएनन् । त्यसैगरी हालका नगर प्रमुख चन्द्रकुमारी पुनले पनि आकांक्षा देखाएका छैनन् ।

 

एमालेबाट कावासोती नगर पालिकाका नगर प्रमुखमा भोजराज दाहाल, विष्णु भुसाल, मिनबहादुर गोले, मदन गिरी, सूर्यप्रसाद  पाण्डेले नाम टिपाएका छन् ।

 

त्यसैगरी नारायण प्रसाद तिमिल्सिना, बाबुराम विश्वकर्मा, हुमलाल सुवेदी, चिन्तामणि चौधरी, मोहदत्त अधिकारी, केदारनाथ घिमिरे, डासुराज पोख्रेल, प्रेमशंकर मर्दनिया, नेत्रनारायण थनेत, देवीमाया घिमिरे, रामकृष्ण ढुंगानाले नगर प्रमुखमा उमेदवारी दिने आकांक्षा सहितको नाम पार्टीको विस्तारित भेलामा टिपाएका छन् ।

 

त्यसैगरी नगरउपप्रमुखमा युक्त प्रसाद गौडेल, सीता खड्का, राधा शर्मा, लिला भण्डारी, निर्मला ढुंगाना लक्ष्मीदेवी सापकोटा, जनुईकुमारी महतो, फुलकुमारी थनेत, सीता पंगेनी, विजया गैरे विन्दा, छविलाल महतो, कोपिला पौडेल र विनु महतो गरी १३ जनाले आकांक्षा देखाएका छन् ।

 

यता एमालेले अहिलेसम्म कावासोतीको कावासोती ३, ५, ८, ९, १२ र १६ मा वडा अध्यक्ष सहितको उमेदवारहरुको नाम टुंगाएको छ ।

 

दर्ता शुल्कः मेयरलाई २ हजार, उपमयेरलाई १ हजार

 

नेकपा एमालेले कावासोती नगरपालिकामा आफ्नो पार्टीबाट नगर प्रमुख र उपप्रमुखको उमेदवारी दिन आकांक्षीहरुको नाम संकलनमा समेत शुल्क लिएको छ ।

 

नगरप्रमुख पदमा २ हजार र नगरप्रमुख पदमा १ हजार लिएको छ ।



सम्बन्धित
Loading...