कांग्रेसको ‘बुढो रुख ढाल्ने हो, दाउरा बाल्ने हो’: नेता बस्नेत




ललितपुर, २९ चैत । नेकपा एमालेको पोलिटव्युरो सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले सत्ता गठबन्धनको नेतृत्व गर्ने नेपाली कांग्रेस मुलुकको विकास र समृद्धिको शिलान्यास र उद्घाटन गर्ने पार्टी नभई चाउचाउको बट्टाको रेल बनाएर उद्घाटन गर्ने पार्टी मात्र भएको दावी गर्नुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टी ९एमाले०जिल्ला कमिटी ललितपुरद्वारा आयोजित नयाँ बर्षको २०७९ को शुभकामना आदानप्रदान तथा बृहत् पार्टी प्रवेश कार्यक्रममा बोल्दै नेता बस्नेतले कांग्रेसले माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड, एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधब कुमार नेपाल, जनता सजावादी तथा जनमोर्चाको बैशाखी टेकेर गठबन्धन गरी एमालेलाई हराउने रणनीति लिएकै कारण अबको निर्वाचनमा कांग्रेसको पत्तासाफ हुने दावी गर्नुभयो ।

 




शेरबहादुर देउवा, प्रचण्ड र माधव लगायतका नेताहरु देश, जनताको लागि नभई गठबन्धन भाइभतिजा, छोरी ज्वाई, सालो, सम्दीलगायतको लागि मात्र भएको उहाँले उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘कांग्रेसको बुढो रुख त ढाल्ने हो, दाउरा बाल्ने हो, नेकपा एमालेको सूर्य चिन्हमा भोट हाल्ने हो । प्रचण्ड र माधवको बैशाखी टेकेर कांग्रेसले एमालेसँग लड्न आइरहेको छ । माधव प्रचण्डको सत्ता लिप्त, आफन्तवाद, भ्रष्टाचार लगायतका गतिविधिहरु बुझेका छन् ।

 

एमालेमा काउसो बनेर बसेका माधव पार्टीबाट भागेर गएपछि एमाले देशभरको माहोल सयौं गुणा बढेर गएको छ । पार्टी फुटाएर जाने भन्दा पार्टी प्रवेश गर्नेहरुको ठूलो संख्या रहेको छ । त्यसैले आगामी निर्वाचनमा स्वार्थी गठबन्धनले एमालेलाई केही गर्न सक्नेवाला छैन । देशभर एमालेको लालकिल्ला हुनेछ । सोही अनुसार निर्वाचनको लागि एमाले देशभर लागिसेकको छ । अब रोकिनेवाला छैन ।’

नेकपा एमालेमा पार्टी प्रवेश बिनाको कार्यक्रम नै हुन छोडेको उल्लेख गर्दै उहाँले फुटेर जानेभन्दा प्रवेश गर्नेको संख्या अत्याधिक रहेकाले आगामी निर्वाचनमा सानदारका साथ विजयी हुने दावी गर्नुभयो । शिक्षा, स्वास्थ्य, वृद्धभक्ता, अपाङ्गता भक्ता दिने पार्टी एमाले भएको उल्लेख गर्दै उहाँले रेलमार्ग, विभिन्न करिडोर, पूर्व पश्चिम राजमार्ग, अन्तर्राष्ट्रिय विमानस्थल, मेलम्चीको खानेपानीलगायतका ठूला ठूला योजनाहरु एमालेले मात्र गर्न सफल भएको स्पष्ट पार्नुभयो ।

 

एमालेले गरेका विकासको आयोजनाहरु वर्तमान गठबन्धनका नेता तथा प्रधानमन्त्री देउवाले लाज पचाएर उद्घाटन गरिरहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘प्रधानमन्त्री शेरबहादुर देउवाले एमालेले निर्माण गरेका राष्ट्रिय स्तरका योजना तथा साना ठूला आयोजनाहरु उद्घाटन गर्न थाल्नुभएको छ । मेलम्ची खानेपानी, सुख्खा बन्दरगाह, रेलको उद्घाटनलगायतका आयोजनाहरु उद्घाटन गर्न थाल्नुभएको छ । शेबहादुर देउवालाई लाज लाग्नुपर्ने हो । आफु मुलुक र जनताको लागि सिन्को पनि नभाच्ने अनि एमालेले गरेको आयोजनाहरुको उद्घाटन गर्न जाने ?’

 

केपी ओलीको समयमा देवी ज्ञवालीको नेतृत्वको आयोगले गरेको सुकुम्वासीलाई लालपुर्जा वितरण गर्ने अन्तिम तयारी गरिरहेको बेलामा आयोग नै खारेज गरे सुकुम्वासी तथा भूमिहिन जनताको टाउकोमा घनले हानेको भन्दै उहाँले प्रचण्डले चितवनमा देवी ज्ञवाली नेतृत्वको आयोगले गरेको काम अनुसार ३९ जनालाई लालपुर्जा वितरण गर्नुभएको बताउनुभयो ।

 

एमालेको कामलाई आफुले गरेको भन्दै जनतामा भ्रम छरेर प्रचण्डले आफ्नो निर्वाचनमा विजयी हुन नसक्ने दावी गर्दै नेता बस्नेतले आगामी निर्वाचनमा प्रचण्डको हविगत समाप्त दावी गर्नुभयो ।

 

गठबन्धन सरकारले विभिन्न बहानामा चुनाव सार्ने षड्यन्त्र गरिरहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘चुनाव कुनै हालतमा सर्ने छैन, सार्ने षड्यन्त्र भएछ भने एमालेले देशभर आन्दोलनको आँधीवेरी ल्याउने छ ।’ माधव नेपालको पार्टीले आफ्ना क्रान्तिकारी नेतालाई रुखमा भोट हाल्न लगाई रहेको उल्लेख गर्दै उहाँले माधव नेपालको उक्त कार्यले नेपाली जनताको उद्देश्य पुरा हुन नसक्ने बताउनुभयो ।

 

 



सम्बन्धित
Loading...