एमालेकाे मेयर र उपमेयर छान्न अान्तरिक मतदान


 



आसन्न स्थानीय निर्वाचन अन्तर्गत पोखरा महानगरको मेयर र उपमेयरको उम्मेदवार छान्न आज एमालेले आन्तरिक मतदान गर्ने भएको छ ।

 

 

सर्वसम्मत रुपमा उम्मेदवार छान्न नसकेपछि मतदानबाट टुंग्याउन लागिएको हो । यहाँको मेयरमा १२ र उपमेयरमा ११ जनाले आकांक्षा देखाएका छन् ।

 

 




मेयरमा प्रदेश सांसदहरू कृष्ण थापा र राजीव पहारीसहित वडाध्यक्ष दर्शन लामा, व्यवसायी पुष्पज्योति ढुंगाना, पुष्पराज अधिकारी, एमाले पोखराका पूर्वअध्यक्ष दीपक पौडेल, बालकृष्ण काउछा मगर, सावित्री भण्डारी, मीनाकुमारी गुरुङ, भीम कार्की, रश्मी आचार्य र प्राडा विश्वकल्याण पराजुलीको नाम सिफारिस भएको छ ।

 

 

उपमेयरमा पत्रकार सुष्मा पौडेल, वडाअध्यक्षहरू शोभामोहन पौडेल र जीवन आचार्य, नेताहरू वामदेव ढुंगाना, टिकाराम पंगेनी, तेजनारायण अधिकारी, संजीवबहादुर कोइराला, देवका पहारी त्रिपाठी, बलराम गायक, हरिमाया गुरुङ र बैनबहादृुर क्षेत्री दावेदार छन् ।

 

 

आज ४ बजेट उनीहरूबीच प्रतिस्पर्धा हुने र मतदानमार्फत टुंगो लगाइने एमाले पोखराले जनाएको छ ।

 

मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले जनताको सुख, शान्ति र समृद्धि नै राज्यको मुख्य उद्देश्य रहेको हुँदा सबै प्रयासहरू त्यसैतर्फ केन्द्रित हुनु आजको आवश्यकता रहेको बताएका छन् ।

 

 

नववर्ष–२०७९ को उपलक्ष्यमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गर्दै उनले भने, “हामी त्यसतर्फ कति केन्द्रित भयौँ, समीक्षा गर्नुपर्ने आवश्यकता रहेको छ ।”

 

 

 

पूर्वअध्यक्ष रेग्मीले सन्देशमा भनेका छन्, “लामो समयदेखि आर्थिक, सामाजिक र सांस्कृतिकरूपले समृद्ध हुने आकाङ्क्षा राखेका हामी नेपालीहरू आफ्नो सुखद् भविष्यका लागि अनवरत सङ्घर्ष गरिरहेका छौँ ।”

 

 

राजनीतिकरूपले असङ्गतिपूर्ण अवस्थामा पुगेकै कारण कार्यपालिका, न्यायपालिका र संसद्लगायत धेरै क्षेत्र लथालिङगतर्फ उन्मुख रहेको बताउँदै उनले स्थानीय निर्वाचनलाई प्रत्यक्ष प्रजातन्त्रको प्रारूप पनि मान्न सकिने भएकाले हाम्रा मान्छे नभई योग्य र राम्रा मान्छेलाई उम्मेदवार बनाउन राजनीतिक दललाई सुझाव दिए ।



सम्बन्धित
Loading...