विषालु च्याउ खाँदा १३ को मृ-त्यु, ३५ जना बिरामी

असममा विषालु च्याउ खाँदा १३ जनाको मृ’त्यु भएको छ । असम मेडिकल कलेज एन्ड हस्पिटल (एएमसीएच) का सुपरिटेन्डेन्ट डा. प्रशान्त दिहिंगियाले माथिल्लो असमका चार जिल्लामा विषालु च्याउ खाँदा पछिल्लो दुई दिनमा १३ जनाको मृ’त्यु भएको छ ।
डा. दिहिंगियाले जानकारी दिँदै भने, ‘पछिल्लो पाँच दिनमा एएमसीएचमा माथिल्लो असमका चराइदेव, डिब्रुगढ, शिवसागर र तिनसुकिया जिल्लामा विषालु च्याउ खाँदा बिरामी भएका ३५ बिरामीलाई भर्ना गरिएको थियो जसमध्ये १३ बिरामीको मृत्यु भएको छ ।’
उनले भने, ‘सोमबार चारजनाको मृत्यु भएको थियो जबकी मंगलबार थप ९ जनाको मृत्यु भयो । सबै पीडितले आफ्नो घरमा जंगली विषालु च्याउलाई सामान्य च्याउ ठानेर खाएका थिए ।
यो च्याउ खाएपछि यी सबैलाई असजिलो भएको, बान्ता भएको र पेट उमठेको थियो । जब स्थिति झन् नाजुक भयो तब उनीहरुलाई एएमसीएचमा उपचारका लागि लगियो ।’
पछिल्लो पाँच दिनमा ३१ वयस्क र चार बच्चालाई विषालु च्याउका कारण एएमसीएचमा भर्ना गरिएको छ । जुन १३ बिरामीको मृत्यु भएको छ तीमध्ये १२ वयस्क थिए र एक नाबालिग थिए । जबकी २ बिरामीको स्थिति गम्भीर बताइँदैछ ।
स्नायु चिकित्सक सम्मानित
उपेन्द्र देवकोटा मेमोरियल नेशनल इन्ष्टिच्युट अफ न्यूरोलोजिकल एण्ड एलाइड साइन्स बाँसबारीले आफ्नो संस्थाबाट स्नानु विषयमा उच्च शिक्षा अध्ययन तथा तालिम पूरा गरेका चिकित्सकलाई सम्मान गरेको छ ।
यसरी सम्मानित हुने स्नायु चिकित्सकमा सुरज थुलुङ, पकज नेपाल, निलम खड्का, राजेशमान जोशी, अजित श्रेष्ठ, गुणराज पौडेल, विदुर केसी, निकुञ्ज योगी, प्रत्युस श्रेष्ठ, सुमन रिजाल, विवेक वैद्य, श्यामबाबु पटेल, शिखर श्रेष्ठ, सागर कोइराला, सुरेश विश्वकर्मा, विभूषण श्रेष्ठ हुनुहुन्छ । उहाँहरुले सो संस्थामा विभिन्न समयमा एमसीएच अध्ययन तथा एफसिपीएच तालिम लिनुभएको थियो ।
वरिष्ठ स्नायु चिकित्सक प्रा डा दिनेशनाथ गङगोंल र उपेन्द्र देवकोटा मेमोरियल नेशनल इन्ष्टिच्युट अफ न्यूरोलोजिकल एण्ड एलाइड साइन्सका कार्यकारी अध्यक्ष प्रा डा मधु दीक्षित देवकोटाले संयुक्तरूपमा ती चिकित्सकहरूलाई दोसल्ला ओढाइ सम्मान गर्नुभयो ।
सन् १९६१ डिसेम्बरमा नेपालमा पहिलोपटक प्रा डा गङ्गोलले वीर अस्पतालमा दुर्घटनामा गम्भीर चोट लागेकी एक बालिकाको स्नायु शल्यक्रिया सफलतापूर्वक सम्पन्न गर्नुभएको थियो । ९० वर्षीय उहाँलाई स्नायु शल्यचिकित्सा तथा जनरल सर्जनका पिता मानिन्छ ।