कावासोतीमा बसको ठक्करबाट महिला गम्भीर घाइते, दाउन्नेको दुर्घटनामा २६ घाइते




कावासोती । कावासोतीमा बसको ठक्करबाट एक जना जेष्ठ नागरिक महिला गम्भीर घाइते भएका छन् ।
नवलपुर प्रहरीका अनुसार सिजी घुमेर फर्कदै गरेको रा १ ख १२४७ नम्बरको बसले बाटो क्रस गर्ने क्रममा महिलालाई कावासोती १६ सात घरे चोकमा ठब्कर दिएको हो ।

दुर्घटनामा परी कावासोती १४ त्रिभुवनटार बस्ने ७८ बर्षीया महिला फुलमाया श्रेष्ठ गम्भीर घाइते भएकी छिन् ।

 




नवलपरासीमा बस र ट्रक ठोक्कियो, २६ जना घाइते

नवलपुर । पूर्वी नवलपरासीको दाउन्ने देवी मन्दिर नजिकै पर्ने विश्वकर्मा मन्दिर नजिक आज विहान बस र ट्रक ठक्कर खाँदा २६ जना घाइते भएका छ ।

दुर्घटनामा परी २६ जना यात्रु घाइते भएका छन् भने घाइते मध्ये ३ जनाको अवस्था गम्भीर छ भने ९ जनाको अवस्था मध्यम रहेको नवलपुर प्रहरीले जनाएको छ ।

 

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका २ विश्वकर्मा मन्दिर नजिकै पश्चिमबाट पूर्व आउँदै गरेको लु १ ख ७८५९ नम्बरको यात्रुबाहक बस र विपरित दिशाबाट आउँदै गरेको लु २ ख ८४० नम्बरको ट्रक ठक्कर खाएको हो ।

 

दुर्घटनामा परी बस चालक सहित बसमा सवार यात्रु २६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

घाइते मध्ये ३ जनाको अवस्था गम्भीर र ९ जनाको अवस्था मध्यम रहेको छ भने १४ जनाको अवस्था सामानय रहेको छ ।

घाइतेहरु मध्ये १० जनाको चितवनको पुरानो मेडिकल कलेजमा र बाँकी १६ जनाको मध्यविन्दु जिल्ला अस्पता डण्डामा उपचार भईरहेको छ । ट्रक चालक प्रहरी नियन्त्रणमा रहेको छ ।



सम्बन्धित
Loading...