आज भरतपुरमा राप्रपाको शक्ति प्रदर्शन हुदै,अध्यक्ष लिङदेनदेखि ज्ञानेन्द्र शाहीसम्म आउने


 



राष्ट्रिय प्रजातन्त्र पार्टीले आज (शुक्रबार) भरतपुरमा शक्ति प्रदर्शन गर्ने भएको छ ।

 

राप्रपा चितवनले आयोजना गरेको विशाल आमसभामा ५० हजार बढी जनता सहभागि गराउने दाबी गरिएको छ ।

 




केन्द्रीय बस ट्रमिनलमा हुने आमसभामा सहभागि हुन झाँकी, पञ्चैबाजा, मौलिक भेषभुषा सहित सर्वसाधरण आमसभामा सहभागि हुने राप्रपा चितवनका अध्यक्ष रुद्रप्रसाद ढकालले जानकारी दिनुभयो ।

 

 

दिउसो १२ बजेदेखि आमसभाको औपचारिक कार्यक्रम सुरु हुने जनाइएको छ ।

 

आमसभालाई सम्बोधन गर्न राप्रपा केन्द्रीय अध्यक्ष राजेन्द्र लिङदेन, उपाध्यक्षहरु विक्रम पाण्डे, हेमजंग लामा, महामन्त्री डा. धवलशमशेर राणा, प्रवक्ता ज्ञानेन्द्र शाही, केन्द्रीय सदस्य तथा नायिका रेखा थापा चितवन आउदै हुनुहुन्छ ।



सम्बन्धित
Loading...