राजा नै देशको बाघ हो, स्यालको आवश्यकता पर्दैनः ज्ञानेन्द्र शाही

भरतपुर। राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीले राजा नै देशको बाघ भएकोले स्यालको आवश्यकता नरहेको बताएका छन्।
शुक्रबार राप्रपाको आमसभामा सम्बोधन गर्दै उनले नेपाली कांग्रेस र माओवादी पार्टीप्रति लक्षित गर्दै ती दलहरूलाई स्यालको संज्ञा दिएका हुन्।
भ्रष्टाचारविरुद्धको अभियानमार्फत राजनीतिमा आएका नेता शाहीले अधिकांश समय भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाललाई गाली गरेरै समय खर्चिए।
‘पत्रकार होइन, दुई चार जना पित्रकार लिएर झुटो समाचार लेखाएर भ्रष्टाचार गरिरहेकी छन्,’ उनले भने, ‘भरतपुरमा भ्रस्टाचार भएको विषय बाहिर ल्याउँदा ममाथि आक्रमण गराइयो।’
अब आउने चुनावमा राप्रपालाई मतदान गर्न समेत आग्रह गरे। सभामा पार्टीका उपाध्यक्ष विक्रम पाण्डे, अध्यक्ष राजेन्द्र लिङ्देनलगायतले सम्बोधन गर्नेछन्।