टेलिकमले ल्यायो ‘स्प्रिङ’ प्याक


 

 नेपाल टेलिकमले सबै दूरसञ्चार सेवा प्रदायकको नेटवर्कमा असीमित कुराकानी गर्न सकिने टाइम अल नेट भ्वाइस प्याकसहितको ‘स्प्रिङ अफर’ सार्वजनिक गरेको छ ।

 

 

सोमबारदेखि सुरु हुने यो प्याकअन्तर्गत ग्राहकले ५९९ रुपियाँदेखि एक हजार ४९९ रुपियाँसम्मको सजिलो अनलिमिटेड पोस्टपेड र प्रिपेड प्याकहरू समावेश गरेको छ ।

 

 

जसअनुसार अबदेखि ९९९ रुपियाँ र एक हजार रुपियाँ ४९९ रुपियाँका प्याकमार्फत कम्पनीभित्रको नेटवर्कसहित अन्य सेवा प्रदायकको नेटवर्कमा पनि असीमित कुराकानी गर्न सकिनेछ ।

 

 

यी प्याकमा क्रमशः प्रतिदिन दुई जीबी र चार जीबी डाटा तथा प्याक अवधिमा चार सय र एक हजारवटा एसएमएस पठाउन सकिनेछ ।





सम्बन्धित
Loading...