नवलपुर, पिसाब गर्न जाँदा भिरबाट लडेर मृत्यु


 



नवलपुर । पूर्वी नवलपरासीको बुलिङटार गाउँपालिका ४ बोझापोखरीमा पिसाव गर्न जाँदा भिरबाट लडेर एक जना महिलाको निधन भएको छ ।

 

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार बोझापोखरी नवलपुरका देवचुली १ केउरानीबस्न सन्तबहादुर बोटेकी श्रीमती ५५ बर्षीया महिला लालुमाया बोटेको निधन भएको हो ।

 




तनहुँ माइत गएर फर्किने क्रममा उक्त घटना भएको हो । भिरबाट लडेर अन्दाजी २०/२५ मिटर तल खसेकी महिलाको उपचारको क्रममा मध्यविन्दु जिल्ला अस्पताल डण्डामा निधन भएको हो ।

 

नवलपुरमा आज ५ बर्ष मुनिका बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइदै 

 

पूर्वी नवलपरासीमा आज ५ बर्ष मुनिका बालबालिकालाई भिटामिन ए र जुकाका औषधि खुवाइदै छ । आज र भोलि भिटामिन ए र जुकाको औषधि खुवाइदै छ ।

 

स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईका अनुसार नवलपुरमा ६ महिनादेखि ५ बर्षसम्मका २६ हजार बालबालिकालाई भिटामिन ए खुवाइदै छ ।

 

त्यसैगरी १ बर्षदेखि ५ बर्षसम्मका २३ हजार बालबालिकालाई जुकाको औषधि खुवाइदै छ ।

नवलपुरका ३ सय ५९ महिला स्वास्थ्य स्वयम् सेविकाहरुले आज विहानैदेखि खोप केन्द्रहरुमा बालबालिकालाई भिटामिन ए र जुवाका औषधि खुवाउन थालिएको छ ।

त्यसैगरी ६ महिनादेखि २ बर्षसम्मका ८ हजार बालबालिकालाई निशुल्क वालविटा वितरण गर्ने कार्यक्रम पनि रहेको केशव चापागाईले बताए ।

 



सम्बन्धित
Loading...