चितवन कांग्रेस सभापति खनाललाई देउवाले भने–भरतपुर माओवादीलाई छाड्नुपर्ने अवस्था भयो


 



भरतपुर । नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा र चितवन कांग्रेसका सभापति राजेश्वर खनालबीच आज प्रधानमन्त्री निवास बालुवाटारमा भेट भएको छ ।

 

भरतपुर महानगरपालिकाको मेयरको उमेदवारको विषयमा कुरा गर्न देउवाले खनाललाई बालुवाटार बोलाएका थिए ।




भेटका क्रममा प्रधानमन्त्री देउवाले सत्तागठबन्धनलाई निरन्तरता दिनका लागि भरतपुरको मेयर नेकपा ९माओवादी केन्द्र०लाई छाड्नुपर्ने अवस्था आएको बताएको चितवन कांग्रेस सभापति खनालले जानकारी दिए ।

केन्द्रीय समितिको निर्णयलाई आफुले मान्ने तर कार्यकर्ताको भावना माओवादी केन्द्रलाई छाड्ने नरहेको कुरा आफुले देउवालाई बताएको खनालले बताए ।

 

‘सत्तागठबन्धनलाई निरन्तरता दिन भरतपुर माओवादीलाई छाड्नुपर्ने अवस्था आएको कुरा उहाँले भन्नुभयो’, उनले भने, ‘मैले चाँहि कार्यकर्ताको भावना यस्तो छैन । मैले केन्द्रीय समितिको निर्णय मानौँला, कार्यकर्तालाई मनाउन मैले सक्दिन, तपाईले नै मनाउनुस् भनेको छु ।’

देउवाले भरतपुरको मेयरमा माओवादीलाई सहयोग गर्न खनाललाई आग्रह गरेका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अरु महानगर भन्दा भरतपुर नै सजिलो हुने बताएकाले भरतपुर नै छाड्ने निर्णयमा देउवा पुगेका छन् ।

 

अघिल्लो स्थानीय तहको निर्वाचनमा पनि कांग्रेसले भरतपुर महानगरको मेयरमा माओवादी केन्द्रलाई सहयोग गरेको थियो । मेयरमा माओवादी केन्द्रबाट रेनु दाहाल विजयी भएकी थिइन् । त्यसपछि भएको प्रतिनिधि सभाको निर्वाचनमा निर्वाचन क्षेत्र नं ३ मा कांग्रेसले राप्रपाका विक्रम पाण्डेलाई सहयोग गरेको थियो । तर पाण्डे निर्वाचित हुन भने सकेनन् । बाम गठबन्धनका प्रचण्ड विजयी भएका थिए ।

 



सम्बन्धित
Loading...