मध्यविन्दु नगरप्रमुखमा एमालेबाट अधिकारी उम्मेदवार


चोरमारा । नवलपरासी पूर्व नवलपुरको मध्यविन्दु नगरपालिकाको मेयर पदमा नेकपा एमालेबाट भिमलाल अधिकारीको नाम सर्वसम्मत सिफारिस भएको छ ।



मध्यविन्दु नगरपालिकाको मेयर पदमा भिमलाल अधिकारीको नाम सर्वसम्मत सिफारिस भएको एमाले नवलपुर जिल्ला अध्यक्ष मुक्तिराम पाण्डेले बताए ।

नेकपा एमाले नवलपुरले मध्यविन्दु नगरपालिकाको मेयर पदमा अधिकारीको एकल नाम गण्डकी प्रदेश कमिटीलाई सिफारिस गरिसकेको छ ।




मध्यविन्दु नगरपालिकाको मेयर पदका अन्य आकांक्षीहरुको सहमतिमा अधिकारीको नाम सर्वसम्मत सिफारिस भएको हो ।

 

मध्यविन्दु–८ निवासी अधिकारी एमाले जिल्ला कमिटी सचिव हुन् ।

नवलपरासी पूर्वको बौदीकालि गाउँपालिकामा प्रकाश ओझा र हुप्सेकोट गाउँपालिकामा चेतन रानाको नाम समेत पालिका अध्यक्षमा सर्वसम्मत सिफारिस भएको छ ।

अन्य स्थानीय तहमा आकांक्षी देखिएकाहरुको नाम प्रदेश कमिटीमा सिफारिस भएको पार्टी जिल्ला अध्यक्ष पाण्डेले बताए ।

पाण्डेका अनुसार अन्य उमेदवारहरूकाे नाम पनि आजै टुंगिनेछ ।



सम्बन्धित
Loading...