गण्डकीका २९ पालिकामा एमाले उमेदवार टुंगो लगायाे (सूचीसहित)




पोखरा । यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि नेकपा (एमाले)ले गण्डकी प्रदेशका ८५ मध्ये ३० पालिकाको उमेदवार टुंगो लगाएको छ । निर्वाचन आयोगले आइतबार र सोमबार उमेदवारको मनोनयन कार्यतालिका प्रकाशन गरिएको छ । त्यसका लागि शनिबार वा आइतबार बिहानसम्म दलहरूले उमेदवार तय गर्नुपर्ने हुन्छ ।

 

त्यसै सन्दर्भमा शुक्रबार बसेको प्रदेश सचिवालय बैठकले ८५ पालिकामध्ये केहीमा अध्यक्ष मात्रै र अधिकांशमा अध्यक्ष र उपाध्यक्षको नाम टुंगो लगाएको हो । एमाले प्रदेश सचिव धनञ्जय दवाडीका अनुसार बाँकी पालिकाको उमेदवार टुंगो लगाउन शनिबार साँझ बैठक बस्नेछ ।

 




एमाले नवलपुरले ३ वटा पालिकामा टुंगायो पालिका प्रमुख

 

नवलपुर । पूर्वी नवलपरासीमा नेकपा एमालेले अहिलेसम्म ४ वटा पालिकामा प्रमुख उमेदवारहरुको नामावली टुंगाएको छ ।

 

एमाले स्रोतका अनुसार पछिल्लो पटक हुप्सेकोट गाउँपालिकाबाट गाउँपालिका अध्यक्षमा चेतन राना उमेदवार हुने तय भएको छ ।  हुप्सेकोटमा अध्यक्ष काँग्रेसले र उपाध्यक्ष एमालेले जितेको थियो ।

 

त्यसैगरी मध्यविन्दु नगरपालिकामा नगर प्रमुखमा एमालेबाट भिमलाल अधिकारीले उमेदवारी दिए भएका छन् । एमालेले उपमेयर भने टुंगाईसकेको छैन । यहाँ नगरप्रमुख र उपप्रमुख दुवै नेपाली काँग्रेसले जितेको थियो ।

एमाले जिल्ला अध्यक्ष मुक्तिराम पाण्डेका अनुसार पहाडी बौदीकाली गाउँपालिका अध्यक्षमा प्रकाश ओझा र उपाध्यक्षमा डिलकुमारी सारुले उम्मेदवारी दिनेछन्।

 

एमालेले टुंगो लगाएका उमेदवारहरूको सूची

मुस्ताङ

बाह्रगाउँ मुक्ति क्षेत्र गाउँपालिका
अध्यक्ष रिञ्जिङ गुरुङ
उपाध्यक्ष दिकी गुरुङ

लो घेकर गाउँपालिका
अध्यक्ष लोप्साङ छेप्पेल विष्ट राजु

उपाध्यक्ष छिरिङ ल्ह्यामो गुरुङ

लोमाङन्थाङ गाउँपालिका

अध्यक्ष टसीनुर्वु गुरुङ

उपाध्यक्ष छिमि विष्ट गुरुङ

थासाङ गाउँपालिका

अध्यक्ष प्रदीप गौचन

उपाध्यक्ष सुमिता शेर्पा

घरपजोङ गाउँपालिका

अध्यक्ष सञ्जयकुमार थकाली

उपाध्यक्ष मीमकुमारी शेरचन

 

मनाङ

मनाङ निस्याङ गाउँपालिका

अध्यक्ष कान्छा घले

उपाध्यक्ष छिरिङ धावा गुरुङ

चामे गाउँपालिका

अध्यक्ष लोकेन्द्र घले

उपाध्यक्ष आशकुमारी गुरुङ

नासों गाउँपालिका

अध्यक्ष मनबहादुर गुरुङ

उपाध्यक्ष अर्विन गुरुङ स्वतन्त्र

नार्पाभूमि गाउँपालिका

अध्यक्ष ज्याप्ले गुरुङ

 

लमजुङ

क्वोंलासोंथर गाउँपालिका

अध्यक्ष सूर्यप्रसाद गुरुङ

 

गोरखा

अजिरकोट गाउँपालिका

अध्यक्ष शेखरनाथ न्यौपाने

चुमनुब्री गाउँपालिका

अध्यक्ष सुकबहादुर गुरुङ

उपाध्यक्ष सानु गुरुङ

 

स्याङ्जा

आँधीखोला गाउँपालिका

अध्यक्ष विश्व पौडेल

उपाध्यक्ष सीता थापा

वालिङ नगरपालिका

प्रमुख कृष्णबहादुर खाँण

उपप्रमुख खगीसरा थापामगर

हरिनास गाउँपालिका

अध्यक्ष खिमनारायण मानन्धर

 

तनहुँ

आँबु गाउँपालिका

अध्यक्ष ऋषि केसी

 

कास्की

रुपा गाउँपालिका

अध्यक्ष नवराज ओझा

उपाध्यक्ष लालसुब्बा गुरुङ

 

म्याग्दी

अन्नपूर्ण गाउँपालिका

अध्यक्ष भरतकुमार पुन

उपाध्यक्ष दिवाकुमारी तिलिजा

रघुगंगा गाउँपालिका

अध्यक्ष प्रेमबहादुर कार्की

उपाध्यक्ष यामकुमारी गर्बुजा

मालिका गाउँपालिका

अध्यक्ष वेगप्रसाद गर्बुजा

मंगला गाउँपालिका

अध्यक्ष सतप्रसाद रोका

 

नवलपुर 

हुप्सेकोट गाउँपालिका

अध्यक्ष चेतन राना

उपाध्यक्ष मनी पाण्डे

बौदीकाली गाउँपालिका

अध्यक्ष प्रकाश ओझा

उपाध्यक्ष डिलकुमारी सारु

 

मध्यबिन्दु नगरपालिका

प्रमुख भीमलाल अधिकारी

 

पर्वत

पैयुँ गाउँपालिका

अध्यक्ष महेन्द्र श्रेष्ठ

उपाध्यक्ष यमकुमारी राना

 

बागलुङ

तमानखोला गाउँपालिका

अध्यक्ष देवेन्द्र छन्त्याल

उपाध्यक्ष टेकमति विक

ढोरपाटन नगरपालिका

प्रमुख देवबहादुर नेपाली

ताराखोला गाउँपालिका

अध्यक्ष ऋषिराम रोका

उपाध्यक्ष थममाया घर्ती

गलकोट नगरपालिका

प्रमुख पूर्ण काउछा

उपप्रमुख रुपा बिक

जैमिनि नगरपालिका

अध्यक्ष लीला राना

उपाध्यक्ष यमुना शर्मा



सम्बन्धित
Loading...