कावासाेती नगरप्रमुख उमेदवार: एमालेबाट विष्णु भुसाल काँग्रेसबाट महेन्द्र पाेख्रेल


कावासाेती नगरप्रमुख उमेदवार: एमालेबाट विष्णु भुसाल काँग्रेसबाट महेन्द्र पाेख्रेल



नवलपुर । वैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनमा कावासोतीको नगरप्रमुखमा नेपाली कांग्रेसबाट महेन्द्र पोख्रेल र एमालेबाट विष्णु भुसालले प्रतिस्पर्धा गर्ने भएका छन।

दुवै पार्टीको प्रदेश कमिटीले उम्मेदवारको टुङ्गो लगाएको हो ।




एमालेले नगर उपप्रमुखमा फुलकुमारी महताेलाई उठाउने निर्णय भएकाे एमालेले जनाएको छ ।

गठबन्धनबाट उपमेयर माओवादीलाई दिने भएका कारण काँग्रेसले उपमेयरकाे नाम टुंगाएकाे छैन ।

२०७४ काे निर्वाचनमा काँग्रेसका पाेख्रेल एमालेका चन्द्रकुमारी पुनसँग पराजित भएका थिए ।

यस अघि एमालेले नगर प्रमुख उपप्रमुख जितेकाे कावासाेतीमा काँग्रेसले जित हात पार्न गठबन्धन गर्नै पर्ने बाध्यता देखिन्छ ।



सम्बन्धित
Loading...