कावासोतीमा पहिलो दिन ६७ जनाको मनोनयन दर्ताः राप्रपा र जनमुक्तिले गराए पहिलो दिन मनोनयन दर्ता
नवलपुर । पूर्वी नवलपरासीको कावासोतीमा पहिलो दिन ६७ जनाले मनोनयन दर्ता गराएका छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय कावासोती नगरपालिकाका अनुसार पहिलो दिन राप्रपा, जनमुक्ति पार्टी र सामाजिक एकता पार्टी सहित केही स्वतन्त्र उमदेवार गरी ६७ जनाले मनोनयन दर्ता गराएका हुन् ।
सबैभन्दा पहिलो लोकप्रसाद काफ्लेले स्वतन्त्रबाट नगरप्रमुखमा मनोनयन दर्ता गराएका थिए । त्यसैगरी नगरप्रमुखमा सामाजिक एकता पार्टीबाट धनबहादुर लामाले मनोनयन दर्ता गरेका छन् भने माधवप्रसाद लम्सालले स्वतन्त्रबाट नगरप्रमुखमा उमेदवारी दिएका छन् ।
राप्रपाबाट नगर उपप्रमुखमा माधवप्रसाद लम्साल र राष्ट्रिय जनमुक्ति पार्टीबाट नगरउपप्रमुखमा चन्द्र गुरुङ थापाले मनोनयन दर्ता गराएका छन् ।
पहिलो दिन मनोनयन दर्ता गराउनेको सूची


पहिलो दिनको कावासोतीमा मनोनयन दर्ताको फोटो फिचर












