एमालेमा युवा हस्ती- देशकै कान्छी पालिका प्रमुख बन्दै सिर्जना लामा
नेकपा (एमाले) युवा पुस्तालाई विशेष स्थान दिने पार्टीका रुपमा स्थापित रहेको छ । पार्टीका कमिटीहरुदेखि उम्मेदवारको स्तरसम्म पनि एमालेमा युवाको राम्रै स्थान रहेको छ ।
यसै क्रममा आगामी वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा देशभरबाट एमालेले आफ्ना उम्मेदवारहरुको टुंगो लगाउने क्रममा रसुवा जिल्लाका पाँचवटै स्थानीय तहमा उम्मेदवार निश्चित भएका छन् ।
अवसर पाए युवाले नै नेतृत्व गरेर परिवर्तनका संवाहक बन्नसक्छन् भन्ने उदाहरण बनेकी छिन् रसुवाको नौकुण्ड गाउँपालिकाकी उपाध्यक्ष सिर्जना लामा ।
तत्कालीन सरमथली गाविस वडा नं. ५ मा बुवा लवाङ नुर्पु लामा र आमा बुधमाया लामाको कोखबाट २०५२ मंसिर ४ गते जन्मिएकी लामा २१ वर्ष ५ महिना २८ दिन मै नौकुण्ड गाउँपालिकाको उपाध्यक्षमा निर्वाचित भएसँगै सबै चकित परेका थिए ।
२०७४ को स्थानीय तहको निर्वाचनमा विजय हासिल गरेसँगै उनी देशकै कम उमेरकी उपाध्यक्ष बन्न सफल भएकी थिइन् ।
एमालेका ५ जना महिलाहरुमध्येबाट उम्मेदवार बन्न सफल सिर्जनाले काँग्रेस, माओवादी र नँया शक्तिकी संयुक्त उम्मेदवारलाई पराजित गरेकी थिइन् ।
आगामी स्थानीय तहको निर्वाचनमा एमालेबाट उनी गाउँपलिका अध्यक्षको उम्मेदवार सिफारिस भएकी छन् । उनले निर्वाचन जिते सबैभन्दा कम उमेरकी गाउँपालिका अध्यक्ष बन्नेछिन् ।
युवा माझ निकै लोकप्रिय बनेकी सिर्जना उनीहरुको प्रेरणा समेत बनेकी छन् ।
नजिकिँदै गरेको स्थानीय तहको निर्वाचनका लागि हाल उनै लामा एमालेबाट नौकुण्ड गाउँपालिकाको अध्यक्षको उम्मेदवार सिफारिस भएकी छन् ।
नजिकिँदै गरेको स्थानीय तहको निर्वाचनका लागि हाल उनै लामा एमालेबाट नौकुण्ड गाउँपालिकाको अध्यक्षको उम्मेदवार सिफारिस भएकी छन् ।