नवलपुरमा जिप सडकबाट खस्यो, एकै गाउँका १२ जना घा-इते




रामकुमार श्रेष्ठ –
नवलपुर । पूर्वी नवलपरासीमा जिप दुर्घ-टना हुँदा १२ जना घा-इते भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार डण्डाबाट हुप्सेकोट जाँदै गरेको बलेरो जिप बसेनीमा सडकबाट २५ मिटर तल खसेको हो ।

 

लु १ ज २०६३ नम्बरको बलेरो जिप दुर्घट-नामा परेको हो । दुर्घ-टनामा जिपमा सवार १६ जना मध्ये १२ जना घा-इते भएको जनाइएको छ । घाइते मध्ये १ जना ग-म्भीर घा’इते भएका छन् ।

 




दुर्घ-टनामा परी हुप्सेकोट ५ बसेनी निवासी ९ बर्षीय बालक धनबहादुर रजालीको गम्भीर घाइते भएका हुन् । उनको थप उपचारका लागि भरतपुर रि’फर गरिएको छ ।

 

दुर्घटनामा परी १२ जना नै बसेनीका घा’इते भएका हुन् । दुर्घ’टनामा ५० बर्षीया दर्शना सोती, ४६ बर्षीया सुमित्रा सोती, ३५ बर्षीया लालमाया रजाली, ४१ बर्षीय मेखबहादुर आले, ६८ बर्षीय जगबहादुर सोमै, ६८ बर्षीया तिलिसरी ठाडा, ५० बर्षीया ऐदी सवरा रजाली, ५९ बर्षीय यमबहादुर सोमै, ४ बर्षीय जिवन सोत र ६० बर्षीया डिलमाया ठाडा मगर घा’इते भएका हुन् ।

 

उनीहरुको मध्यविन्दु जिल्ला अस्पताल डण्डामा उपचा’र भईरहेको छ भने जिप चालक प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।



सम्बन्धित
Loading...