हुप्सेकोटमा यस्तो छ एमालेका उमेदवारहरु, चेतन रानाको नेतृत्वमा मनोनयन दर्ता




रामकुमार श्रेष्ठ –

नवलपुर । पूर्वी नवलपरासीको हुप्सेकोटमा आज नेकपा एमालेका गाउँपालिका अध्यक्षका उमेदवारदेखि वडा सदस्यहरुसम्मले मनोनयन दर्ता गराएका छन् ।

 




आज हुप्सकोट गाउँपालिकाको अध्यक्षका लागि नेकपा एमालेबाट चेतन रानाले मनोनयन दर्ता गराएका हुन् । त्यसैगरी उपाध्यक्षमा मनि पाण्डे जमुनाले मनोनयन दर्ता गराएका छन् ।

यहाँ २०७४ को निर्वाचनमा अध्यक्षमा नेपाली काँग्रेस र उपाध्यक्षमा नेकपा एमालेले जित हात पारेको थियो ।

 

त्यसैगरी नेकपा एमालेबाटै हुप्सेकोट १ को वडाध्यक्षमा लालबहादुर सेरपुञ्जा, २ को वडाध्यक्षमा केयर सिंह थापा, ३ को वडाध्यक्षमा ताराबहादुर कार्की, ४ को वडाध्यक्षमा रोशन थापा, ५ को वडाध्यक्षमा गीरबहादुर सोमै र ६ को वडाध्यक्षमा देवसिंह सारुले उमेदवारी दिएका छन् ।

 

एमालेका केही वडाध्यक्षका उमेदवारहरुले पनि आजै मनोनयन दर्ता गरेका छन् भने केहीले भोलि गर्ने जनाइएको छ ।

 

त्यसैगरी हुप्सकोट गाउँपालिकामा राप्रपाबाट गाउँपालिका अध्यक्षमा टिकराम आले र हुप्सेकोट ३ को वडाध्यक्षमा भविश्वर नेपालीले मनोनयन दर्ता गराएका छन् ।



सम्बन्धित
Loading...