गठबन्धनमा कुरा नमिले पनि यस्तो छ नवलपुरमा माओवादी केन्द्रको तयारी

नवलपुर । पूर्वी नवलपरासीमा सत्ता गठबन्धनमा अझै कुरा मिल्न सकेको छैन तथापि माओवादी केन्द्रले गठबन्धनसँग तालमेल मिल्ने गरी उमेदवारी दिने तयारी गरेको छ ।
नेकपा माओवादी केन्द्र नवलपुरका अनुसार काँग्रेससँग नवलपुरमा ४ वटा पालिकाका उपप्रमुखपमा उमेदवारी दिने तयारी गरेको छ जस अनुसार कावासोती नगरपालिका उपप्रमुख, देवचुली नगरपालिका उपप्रमुख, हुप्सेकोट गाउँपालिका उपाध्यक्ष र बौदीकाली गाउँपालिका उपाध्यक्षमा उमेदवारी दिने तयारी गरेको छ ।
देवचुलीबाट नेकपा माओवादी केन्द्रले उपमेयरमा सत्यनारायण भुसाललाई उमेदवारको रुपमा अगाडि सारेको छ ।
त्यसैगरी कावासोती नगरपालिकामा उपमयेरमा रमिला भुजेल वा पतिराम थनेतलाई उमेदवार बताउने तयारी गरेको छ । त्यसैगरी हुप्सकोट गाउँपालिकाबाट उपाध्यक्षमा चन्द्रबहादुर थापा समर र बौदीकाली गाउँपालिकामा उपाध्यक्ष टंक पुलामीलाई अगाडि सार्ने तयारी गरेको छ ।
यता कावासोती नगरपालिकाबाट माओवादी केन्द्रले कम्तिमा ३ वटा वडामा वडाध्यक्षमा उमेदवारी दिने भएको छ । कावासोती १६ मा वडाध्यक्षमा आनन्द श्रेष्ठ, कावासोती १ मा वडाध्यक्षमा तेजेन्द्रकुमार सुनारलाई उमेदवार बनाउने भएको छ ।
कावासोतीका उपमेयरमा रमिला भुजेललाई उमेदवार बनाए कावासोती १४ को वडाध्यक्षमा पतिराम थनेत र पतिराम थनेत उपमेयरका उमेदवार बनाए कावासोती १४ बाट किरन थनेत वा नेत्र थनेतलाई वडाध्यक्षको उमेदवार बनाउने तयारी गरेको छ ।
देवचुली १६ मा केशरबहादुर क्षेत्रीले गठबन्धनबाट उमेदवारी दिने पक्का भएकाे छ।
सम्बन्धित समाचार
नवलपुरमा टुट्यो गठबन्धनः काँग्रेसले चारो हालेको भन्दै माओवादी केन्द्र असन्तुष्ट
कावासोती गठबन्धनः नगरप्रमुख काँग्रेस, उपप्रमुख माओवादी केन्द्र