काँग्रेस, माओवादी केन्द्र र जनमाेर्चाबीच जुट्याे सहमति निर्यण सहित


 



नवलपुरमा काँग्रेस, माओवादी केन्द्र र जनमोर्चाबीच सहमति जुटेको छ ।

सहमति अनुसार माओवादी केन्द्रले कावासोती र देवचुलीमा उपमेयर लिने र अन्य पालिकामा प्रमुख र उपप्रमुख काँग्रेसले लिने भएको छ ।




हुप्सेकोटको हकमा भने आपसी सहमतिमा हुप्सेकोटको संयन्त्रले गरेको निर्णय मानिने भएको छ ।

माओवादी केन्द्रले गैडाकोटमा २, मध्यविन्दुमा २, मध्यविन्दुमा ३ र कावासोती १ गरी ७ वटा वडाध्यक्ष र केही वडासदस्यहरु पाएको छ ।

 

माओवादी केन्द्रले गैडाकोट १३ र १७ मा वडाध्यक्ष, देवचुली १ र १६ मा वडाध्यक्ष, कावासोती १६ मा वडाध्यक्ष, मध्यविन्दु ६, ७ र १० मा वडाध्यक्ष पाएको छ । कावासोती १४ मा दुवै पक्षले वडाध्यक्षमा उमेदवारी दिने र पछि सहमति गर्ने जनाइएको छ ।

त्यसैगरी गैडाकोट १० मा जनमोर्चाले वडाध्यक्ष लिने भएको छ । अन्य दलसँग छलफल जारी रहेकाे काँग्रेस नवलपुरले जनाएकाे छ ।

यस्तो छ निर्णय

 



सम्बन्धित
Loading...