किय्रापुत्री भीम अधिकारीले दिए मध्यविन्दु नगरपालिकाका मेयरमा उम्मेदवार (फोटो फिचर)
मध्यविन्दुको मयेरमा एमालेबाट अधिकारीको उम्मेदवारी दर्ता चोरमारा । नेकपा एमालेबाट मध्यविन्दु नगरपालिकाको मेयर पदको उम्मेदवारमा भिमलाल अधिकारीले उम्मेदवारी दर्ता गराउनु भएको छ ।
मातृशोकमा रहनु भएका अधिकारीले एमालेका तर्फबाट नगरपालिकाको उपमेयर, वडा अध्यक्ष, सदस्य लगायतको कार्यकर्ताहरुको उपस्थितिमा निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराउनु भएको हो ।
एमालेबाट नगरपालिकाको उपमेयर पदमा पूर्णकला महतो, वडा अध्यक्षहरुमा क्रमश वडा नं. १ मा रामकुमार पुरी, २ मा रामभक्त अधिकारी, ३ मा मान बहादुर महतो, ४ मा डिल्लिराम महतो, ५ मा गणेश पाठक, ६ मा लक्ष्मण पाठक, ७ मा मधुबिलास अधिकारी, ८ बिरेन्द्र चौधरी, ९ मा हिमाल सिं ठकुरी, १० मा रण बहादुर थापा, ११ मा कमल बकबल, १२ मा कान्ता कुमाल, १३ मा अर्जुन पंगेनी, १४ मा मिन बहादुर दर्लामी र १५ मा यम बहादुर के.सी. ले मनोनयन दर्ता गराउनु भएको हो ।







































