नवलपुरमा नेपाली काँग्रेसका प्रमुख÷उपप्रमुख अध्यक्ष÷उपाध्यक्षका यस्ता छन् उमेदवार

नवलपुर । पूर्वी नवलपरासीमा नेपाली काँग्रेसले नवलपुरका २ पालिकामा उपप्रमुख बाहेक अन्य पालिकामा उमेदवारी दिएको छ ।
नेपाली काँग्रेसका अनुसार देवचुली र कावासोतीमा उपप्रमुख नेकपा माओवादी केन्द्रलाई समर्थन गर्दैै अन्य पालिकाहरुमा प्रमुख÷उपप्रमुख अध्यक्ष÷उपाध्यक्षमा उमेदवारी दिएको हो ।
काँग्रेसले कावासोतीमा नगरप्रमुखमा महेन्द्र पोख्रेलको मनोनयन दर्ता गराएका छन् । पोख्रेल २०७४ को स्थानीय तहको निर्वाचनमा पनि नगरप्रमुखमा उमेदवार भएका थिए । पोख्रेल यस अघिको निर्वाचनमा नेकपा एमालेका चन्द्रकुमारी पुनसँग पराजित भएका थिए ।
त्यसैगरी देवचुली नगरपालिकामा अशोक वस्ताकोटीले नेपाली काँग्रेसबाट नगरप्रमुखमा मनोनयन दर्ता गराएका छन् । देवचुलीमा यस अघिको निर्वाचनमा नगरप्रमुखमा नेपाली काँग्रेस उपप्रमुखमा एमालेले जित हात पारेको थियो।
त्यसैगरी गैडाकोट नगरपालिकामा नगरप्रमुखमा मदनभक्त अधिकारीले र उपप्रमुखमा शान्ति कोईरालाले मनोनयन दर्ता गराएका छन् । गैडाकोट नगरपालिकामा यस अघि नगरप्रमुखमा नेकपा एमालेले र उपप्रमुखमा काँग्रेसले जित हात पारेको थियो ।
मध्यबिन्दु नगरपालिकामा नगर प्रमुखमा सूर्य गुरुङले र उपप्रमुखमा टीका थापाले मनोनयन दर्ता गराएका छन् । मध्यविन्दुमा यस अघिको निर्वाचनमा नगरप्रमुख र उपप्रमुख दुवै पदमा नेपाली काँग्रेसले जित हात पारेको थियो ।
हुप्सेकोट गाउँपालिकामा हुप्सेकोट अध्यक्षमा लक्ष्मी पाण्डेले काँग्रेसबाट उमेदवारी दिएका छन् भने उपाध्यक्षमा पूर्ण सिंह रानाले उमेदवारी दिएका छन् । लक्ष्मी पाण्डे यस अघि पनि हुप्सेकोट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए । उपाध्यक्षमा भने हुप्सेकोटमा नेकपा एमालेले जितको थियो ।
यहाँ उपाध्यक्षमा बलबहादुर रानाले टिकट पाएको भए पनि उनले अस्वीकार गरेपछि पूर्णसिंह रानाले उपाध्यक्षमा मनोनयन दर्ता गरेका हुन् ।
त्यसैगरी विनयी त्रिवेणीमा डम्बरबहादुर जिसीले अध्यक्षमा र मिना रानाले उपाध्यक्षमा मनोनयन दर्ता गराएका छन् । जिसी यस अघि पनि काँग्रेसबाट विनयी त्रिवेणी गाउँपालिकामा अध्यक्षमा निर्वाचित भएका थिए । २०७४ को निर्वाचनमा यहाँ उपाध्यक्ष पनि नेपाली काँग्रेसले जितको थियो ।
त्यसैगरी बुलिङ्गटारमा नेपाली काँग्रेसबाट गाउँपालिका अध्यक्षमा शशिकिरण बस्ताकोटी र उपाध्यक्षमा डिलमाया रानाले मनोनयन दर्ता गराएका छन् । यहाँ यस अघिको निर्वाचनमा दुवै पद काँग्रेसले जितको थियो । शशिकिरण बस्ताकोटी यस अघि पनि अध्यक्षमा निर्वाचित भएका हुन् ।
त्यसैगरी बौदीकालिमा काँग्रेसबाट अध्यक्षमा खड्गबहादुर राना (केवी राना) र उपाध्यक्षमा धनकान्ति घिमिरे विकले उमेदवारी दिएका छन् । यहाँ पनि २०७४ को निर्वाचनमा अध्यक्ष उपाध्यक्ष दुवै पदमा काँग्रेसले जित हात पारेको थियो ।
नवलपुरमा काँग्रेसका उमेदवारहरु
कावासोती
नगर प्रमुख महेन्द्र पोख्रेल
देवचुली
नगरप्रमुख अशोक बस्ताकोटी
गैडाकोट
नगरप्रमुख मदनभक्त अधिकारी
नगर उपप्रमुख शान्ति कोईराला
मध्यबिन्दु
नगरप्रमुख सुर्य गुरुङ
नगरउपप्रमुख टीका थापा
हुप्सेकोट
अध्यक्षः लक्ष्मी पाण्डे
उपाध्यक्ष पूर्ण सिंह राना
विनयी त्रिवेणी
अध्यक्ष डम्बरबहादुर जिशी
उपाध्यक्ष मिना राना
बुलिङ्टार
अध्यक्ष शशिकिरण बस्ताकोटि
उपाध्यक्ष डिलमया राना
बौदिकाली
अध्यक्ष खड्ग बहादुर राना
उपाध्यक्ष धनकान्ति घिमिरे बि.क