कावासोती १२ मा नेपाली कांग्रेसका गुरुङ र लम्सालको बागी उम्मेद्वारी

कावासोती नगरपालिका नेपाली कांग्रेस १२ का सभापती राज कुमार गुरुङले मनोनयन पत्र दर्ता गरेका छन् ।
जिल्लाका काङ्ग्रेस नेताहरुले एकलौटी रुपले टिकट बितरण गरेको भन्दै आफुले स्वतन्त्र रुपमा मनोनयन दर्ता गरेको गुरुङले जानकारी दिए।
गुरुङले कावासितीको १२ पार्टि कार्यलयबाट चारतारे झण्डासहित कार्यकर्तासगै गएर निर्वाचन अधिकृतको कार्यालय पुगेर मनोनयन दर्ता गराएका हुन् ।
त्यसैगरी कावासोती १२ कै विष्णु प्रसाद लम्सालले पनि मनोनयन दर्ता गराएका छन ।तरुण दल जिल्ला सदस्य समेत रहेका लम्सालले कांग्रेसका कार्यकर्ताको भावना विपरित गएर आफ्ना मान्छेलाई मात्र टिकट बितरण गरेको भन्दै कावासोती वडा नं १२ बाट वडा अध्यक्ष पदका लागि उम्मेद्वारी दर्ता गरेको बताए ।