कावासोतीमा दाजुभाई नगरप्रमुखका उमेदवार

कावासोती । पूर्वी नवलपरासीको कावासोतीमा नगरप्रमुखमा एकाघरका दाजुभाई नगरप्रमुखका उमेदवार भएका छन् ।
लोकप्रसाद काफ्ले र गुणाखर काफ्लेले कावासोती नगरप्रमुखमा उमेदवारी दिएका हुन् । गुणाखर काफ्लेले राजेन्द्र लिङ्गदेन नेतृत्वको राप्रपाबाट नगरप्रमुखमा उमेदवारी दिएको हो भने लोकप्रसाद काफ्लेले स्वतन्त्र रुपमा उमेदवारी दिएका हुन् ।
राप्रपाबाट यहाँ उपप्रमुखमा रुना महतोले उमेदवारी दिएका छन् । राप्रपाले कावासोतीमा सबै वडामा उमेदवारी दिएको छ ।
लोकप्रसाद काफ्ले उमेदवार बन्नकै लागि कोरियबाट नेपालका आएका हुन् ।
सम्बन्धित समाचार