विजयनगरको उपाध्यक्ष पदका होनहार उम्मेदवार निशा थारु


कपिलवस्तु ,विजयनगर ।



कपिलवस्तुको विजयनगरमा नेपाली कङ्ग्रेस पार्टीबाट होनहार उम्मेदवारको रूपमा विजयनगर वडा न.२ बासी निशा थारुको चर्चा भइरहेको छ । सोमबार  मनोनयन को लागि निर्वाचन कार्यालयमा दर्ता गर्न पुग्नु भएको हो ।

उहाँको कार्य शैलीको प्रभावले सामाजिक क्षेत्रमा लोक प्रिय् भएको निशा थार चुनावमा जो कोहि उहाँ संग प्रतिस्पर्धा गर्नु पर्ने देखिएको छ । औपचारिक रूपमा सोमबार मनोनयन दर्ता गराए पछि पालिकाको उपाध्यक्षको स्थानमा रहेको आकालन गर्न थालिएको छ ।




गाउँपालिका उपाध्यक्ष कि उम्मदेवार निशा थारुले आफूले जितेमा जनताको गाँस बास कपास आधारभुत अवश्यक्तालाई पूरा गर्ने दाबी गर्नुभएको छ । कसैको छत्रछायामा नरही गाउपालिका को उपाध्यक्ष कस्तो हुन्छ नमुना बनेर सबैलाई देखाउनेछु र पालिकालाई उत्कृष्ट बनाएर देखाउने बताउनुभएको छ ।

सानो उमेर देखि नै थारुले राजनीति समाजसेवामा पुर्णरुपमा चासो राख्दै अएको हुन । उहाँ गाउँपालिकाको एउटा स्वास्थ स्वयंसेविकाका बुहारी रहेको थारुले समाजिक परिवर्तन देखि लिएर गाउँ घरमा लामो समय देखि सेवा दिदै  आउनु भएको थियो ।

पालिका हरेक विकासको दृष्टिकोणले पछाडी परेको हुदा उपाध्यक्ष को हक अधिकार सब प्रयोग गर्दै दत्तचित्त भएर काम गर्न सक्ने एकमात्र योग्य महिला उम्मेदवार भएको हुदा निशा थारुलाई जिनाउनुपर्नेमा जोड दिनु भएको छ ।

लामो समय देखि उनी समाजसेवामा सक्रिय महिलाको रुपमा रहेका निशा थारुले महिला, पुरुषको हकहित अधिकार र समस्याको समाधानका लागि कामकाज गर्दै आउनु भएको थियो  ।



सम्बन्धित
Loading...