टिकट चाेर उम्मेदवारले दलमा खैलाबैला
![]()
एउटा पदमा एउटै दलबाट दुईजना मनोनयन परेपछि धादिङमा नेकपा एमाले र नेपाली काँग्रेसलाई तनाव थपिएको छ। थाक्रे गाउँपालिकाको अध्यक्षमा एमालेबाट कृष्ण पन्त र रामकुमार आचार्य दुई जनाको उम्मेदवारी परेको छ।
नीलकण्ठ नगरपालिका-९ वडाध्यक्षमा काँग्रेसका राजन बराइली र रामहरि लम्सालले मनोनयन दर्ता गराएका छन् ।
एमालेबाट थाक्रेको अध्यक्षमा मनोनयन दर्ता गराएका पन्त र आचार्य दुवै जनाले पार्टीको आधिकारिक टिकटबाटै मनोनयन दर्ता गराएका हुन् ।
फरक यत्ति हो, पन्तले जिल्लाको संयन्त्रबाट आधिकारिक टिकट लिए, आचार्यले प्रदेश कमिटीबाट ल्याए। अझ रोचक त के छ भने, जिल्ला संयन्त्रबाट आधिकारिक टिकट लगेर पन्तले मनोनयन दर्ता गरिसकेको आचार्यले थाहै पाएका रहेनछन् ।
आफ्नो मनोनयन निर्वाचन आयोगको सफ्टवयरले नलिएपछि मात्रै थाहा पाएका रहेछन्। एउटै पदमा एउटै दलका दुईजना उम्मेदवारको नाम निर्वाचन आयोगको सफ्टवेयरले लिँदैन।

पुरानो घरलाई भत्काएर सोही स्थानमा नयाँ घर निर्माण गर्ने सोच्दै हुनुहुन्छ ? पुरानो घर प्रबलीकरण गर्न मिल्ने वा नमिल्ने भन्ने बारेमा प्राविधिकलाई देखाउनुहोस् । प्राविधिकले मिल्ने सल्लाह दिएमा घर निर्माण गर्नुभन्दा प्रबलीकरण गर्दा एक तिहाइ कम खर्च गरे पुग्नुका साथै पुरानो घर उत्तिकै बलियो हुनेछ ।
नेपाल आवास पुनर्निर्माण परियोजनाअन्तर्गत भारतीय सरकारको सहयोगमा हरिहर भवनस्थित पुल्चोक इन्जिनियरिङ क्याम्पस, संयुक्त राष्ट्रसङ्घीय विकास कोष (यूएनडीपी) र भवन विभागको संयुक्त सहकार्यमा धक्का मापन (सक टेबल) परीक्षण
गर्दा प्रबलीकरण गरिएको घर बलियो हुने प्रमाणित भएको छ । यस्तो परीक्षण पुल्चोक क्याम्पसमा गरिएको थियो । सक टेबल टेस्टका नेतृत्वकर्ता इन्जिनियर दिवस दाहालले यस्तो परीक्षण नेपालमा पहिलो पटक गरिएको बताउँदै भने, “घर पुरानो हुँदैमा भत्काउनु आवश्यक छैन । नयाँ बनाउन खर्च बढी लाग्छ तर प्रबलीकरण गरिएमा खर्च जोगिनुका साथै पुरानै घरलाई बलियो र सुरक्षित बनाउन सकिन्छ । यो प्रमाणित भएको छ ।”