चितवनः टिप्परले बस र कारलाइ ठक्कर दियाे २५ जना घाइते


 



ट्रिपर बस र कार ठक्कर खाएको सम्बन्धमा ।




मिति २०७९।०१।१४ गते अं.१५:०० बजेको समयमा जि.चितवन भरतपुर म.न.पा. वडा नं. २९ नारायणगढ मुग्लिन सडक खण्डको भतेरी जंगलमा नारायणगढबाट मुग्लिन तर्फ आई रहेको ना ७ ख २३०० नम्बरको ट्रिपर, पोखराबाट नारायणगढ तर्फ आई रहेको ग १ ख ९३०३ नम्बरको यात्रुबाहक बस र BAA 0684 नम्बरको कार ठक्कर खांदा बस र कारमा सवार २६/२७ जना घाईते भई उपचारको लागि भरतपुर तर्फ पठाईएको, बाटो अबरोध भएकोमा उक्त स्थानमा प्र.चौ. जुगेडी, ईप्रका मुग्लिन र वप्रका नारायणगढबाट प्रहरी टोली खटी गएको, तिनवटै सवारी साधन घटना स्थलमा नै रहेकोमा क्रेनको सहायताले १६:०० बजेको समयमा बाटोबाट सवारी साधन हटाई दुईतर्फि वाटो सुचारु गरिएको,

 

निम्न घाईतेहरुः-

पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भई रहेको घाईतेहरुः-

 

१. कारमा सवार जि.गोरखा भिमसेनथापा गा.पा.३ बस्ने बर्ष ४४ को अरुण पाण्डे, सामान्य ।

२.जि.तनहुं घिरिङ गा.पा.५ बस्ने बर्ष ३१ को मान बहादुर राना, मध्यम ।

३. जि.तनहुं घिरिङ गा.पा.५ बस्ने बर्ष ४५ को मान बहादुर थापा मगर, सामान्य ।

४.जि.कास्की पोखरा म.न.पा. २९ बस्ने बर्ष २०को सुमन मगर, सामान्य।

५.बसमा सवार जि.चितवन भरतपुर म.न.पा.११ बस्ने बर्ष ५९ को राम बहादुर श्रेष्ठ, मध्यम ।

६.बसमा सवार जि.चितवन भरतपुर म.न.पा.९ बस्ने बर्ष ४० को भेषराज भुषाल, सामान्य ।

७.कारमा सवार जि.तनहुं डुम्रे भन्सार बस्ने बर्ष ३० को राममांया गन्धर्व, सामान्य ।

८.बसमा सवार जि.बारा कलैया बस्ने बर्ष २३ को मुस्ताफा मन्सुरी, सामान्य ।

 

नयां मेडिकल कलेज भरतपुरमा उपचार भई रहेको घाईतेहरुः- 

१.बसको सह-चालक जि.नवलपरासी बुलिनटार गा.पा. बस्ने बर्ष २० को सरोज कुमाल, सामान्य ।

२.बसमा सवार जि.तनहुं ब्यास न.पा.२ बस्ने बर्ष २७ की निस्ता घले,सामान्य ।

३.बसमा सवार ऐ.बस्ने निजको छोरी बर्ष ३ की बिनिसा घले, सामान्य ।

 

भरतपुर अस्पताल भरतपुरमा उपचार भई रहेको घाईतेहरुः-

१. बसमा सवार जि.तनहुं चन्द्रवती गा.पा. ७ बस्ने बर्ष २० को प्रभु परियार, सामान्य ।

२. जि.उदयपुर बस्ने बर्ष १९ को शोभित सुसौली, सामान्य ।

३. जि.उदयपुर बस्ने बर्ष ३६ को प्रकाश बि.क., मध्यम ।

४. जि.रुपन्देही बुटवल न.पा.२ बस्ने बर्ष २७ को रबि परियार, मध्यम ।

५. जि.रुपन्देही बुटवल न.पा.२ बस्ने बर्ष ६ की रबिना परियार, सामान्य ।

६. जि मकवानपुर कैलाश गा.पा.८ बस्ने बर्ष २४ को बिनोद प्रजा, मध्यम ।

७. जि.चितवन भरतपुर म.न.पा.१ बस्ने बर्ष ६२ को निल बहादुर क्षेत्री, मध्यम ।

८. जि.काठमाण्डौ नागार्जुन २ बस्ने बर्ष ४४ को कुमार अधिकारी, मध्यम ।

९. जि.तनहु म्याग्दे गा.पा.६ बस्ने बर्ष २७ की शर्मिला श्रेष्ठ, मध्यम ।

१०. जि.तनहु म्याग्दे गा.पा.६ बस्ने बर्ष २० की बिनिसा श्रेष्ठ, मध्यम ।

११. जि.स्याङजा बिरुवा गा.पा.५ बस्ने बर्ष ३२ की लक्ष्मी वाग्ले, सामान्य ।

१२.  जि.स्याङजा बिरुवा गा.पा.५ बस्ने बर्ष ५ को शिव वाग्ले, मध्यम ।

१३. जि.स्याङजा बिरुवा गा.पा.५ घर भई हाल चितवनको टांडी बस्ने बर्ष ३९ को यम बहादु आले, सामान्य । जि.स्याङजा बिरुवा गा.पा.५ घर भई हाल चितवनको टांडी बस्ने बर्ष ५ की आशिका आले, सामान्य ।

१४.जि.तनहुं भानु न.पा.१२ बस्ने बर्ष ६० को राजु माझकोटी, सामान्य ।



सम्बन्धित
Loading...