नारायणगढ कमलनगरको एक घरमा अगलागी, करोडौंको क्षति

चितवन । चितवनको नारायणगढ स्थित कमलनगरको एक घरमा भीषण आग-लागी भएको छ । विहान २ बजेदेखि विद्युत स’र्ट भएर आग-लागी भएको प्रहरीले जनाएको छ ।
४ तले घरमा भएको आग-लागीबाट ६ पसल जलेर नष्ट भएका छन् । भरतपुर महागरपालिका, खैरहनी नगरपालिका, कावासोती नगरपालिका र नेपाल आर्मीको दमकलले आगो नियन्त्रणमा लिएका छन् ।
पहिलो तलामा रहेका सबै पसल जलेको र दोस्रो तल रहेका पसलमा पनि क्षति भएको प्रहरीले जनाएको छ ।
आग-लागी भएको घरमा इलेक्ट्रोनिक्स, किराना, जुत्ता लगायतका पसल थिए । आग’लागी बाट करोडौंको क्षति भएको भनिए पनि एकिन विवरण संकलन भइनसकेको प्रहरीले जनाएको छ ।
स्थानीय तुल्सीराम सापकोटाको चारतले घरको पहिलो तलामा विभिन्न व्यक्तिहरुले सञ्चालन गरेको इलेक्ट्रोनिक पसल, जुत्ता चप्पल र कपडाको गोदामलगायतका सटरहरुमा आग’ला’गी भएको हो । बिहीबार बिहान २ बजेदेखि लागेको आ’गो चार वटा दमकल, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयको सहायतमा बिहान ७ बजे मात्रै नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी नरहरि अधिकारीले जानकारी दिए ।
भरतपुर महानगरपालिकाको एक, खैरहनी नगरपालिकाको दुई र नेपाली सेनाको एउटा दमकलले आ’गो निभाइएको हो ।
आग-लागीबाट भएको क्षतिको यकिन विवरण नआए पनि करोडौँ रुपैयाँको क्ष’ति भएको अनुमान गरिएको छ । ‘फेन्सी, इलेक्ट्रोनिक, मोबाइल, जुत्ता चप्पल र कपडालगायतका करिब आठ पसलमा आग’लागी भएको छ । आग’ला’गीबाट करोडौँ रुपैयाँको क्षति भएको छ’, उनले भने, ‘विद्युत सर्ट भएर आग-लागी भएको हो कि भनेर अनुमान गरेका छौँ । चार तले घरको तलको दुई तलामा आगोले क्ष’ति पु¥याएको हो ।’
चारतले घरको पहिलो तलामा सञ्चालन भएका एक्सप्रेस मोबाइल पसल, दुर्गा इलेक्ट्रोनिक पसल, श्री कृष्ण सप्लायर्स, जुत्ता पसल, फेन्सी पसल र दियालो फेन्सी पसलमा आग-लागी भएको उनले बताए । आगलागी भएका छ वटा पसलका सञ्चालक सम्पर्कमा आएको उनले बताए । आग-लागीपछि भरतपुर महानगरको मेयरका उमेदवार विजय सुवेदी निरीक्षणका लागि पुगेका थिए ।