नवलपुरमा बेवारिसे हतियार बरामद

ममता गाैतम । पूर्वी नवलपरासीको बौदीकाली गाउँपाली १ मलौटा स्थित गोरेटो बाटाेमा बेवारिसे अवस्थामा राखेके हतियार बरामद गरेको छ ।
डेढगाउँबाट प्रहरिको टोली गस्ती गर्दै जाने क्रममा गाउँपालीका स्थित गोरेटो मुनि आपको फेदमा लुकाइ छिपाइ राखेको अवस्थामा फेला पारेका ईलाका प्रहरी कार्यालय डेढगाउँले बताएको छ ।
विभिन्न किसिमका भरुवा बन्दुक र बट फेला पारेको र उक्त हतियार लुकाउनेको खोजि कार्य भइरहेको प्रहरीले बताएको छ।
स्थानिय साक्षीहरु र जनप्रतिनिधिहरुको रोहबरमा बरामदी मुचुल्का गरी अनुसन्धानको लागी प्रहरी कार्यालय डेढगाउँ ल्याएको प्रहरीले जनाएको छ ।
