कावासोतीमा जुवा खेलीरहेकोे अवस्थामा ८ जना पक्राउ




पूर्वी नवलपरासीको कावासोतीबाट जुवा तास खेलिरहेको अवस्था चार जना पक्राउ परेका छन् ।जिल्ला

 

प्रहरी कार्यलय नवलपरासीले कावासोती स्थित रहेको अक्सफोर्ड ट्रायल सेन्टरको सवारी चालक अनुमती पत्रको प्रयोगात्मक परिक्षा दिने स्थानमा जुवा तास खेलिरहेको अवस्थामा चार जनालाई पक्राउ गरेको हो ।




जुवाडेहरुबाट नगद रुपैया चवालिस हजार नौ सय सतहत्तर सहित एक बुक तास बरामद गरेको प्रहरीले बताएको छ ।

 

पक्राउ पर्नेमा गोरखा जिल्लाको भिमसेन गाउपालिका वार्ड नम्बर ५ बस्ने अन्दाजि ३५ वर्षिय संदिप कुमार श्रेष्ठ , गोरखाकै बारपाक सुलिकोट गाउपालिका ६ निवासी ४० वर्षिय सुजन श्रेष्ठ एवम् ३२ वर्षिय सुनिल कुमार क्षेत्री तथा नवलपरासी जिल्लाको कावासोती नगरपालिका ३ बस्ने ३९ वर्षिय बुद्ध गुरुङ्ग पक्राउ परेका छन् ।

 

 

साथै पूर्वी नवलपरासीको कावासोती नगरपालिका २ हाटबजार स्थित खुल्ला चौरमा जूवातास खेलिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यलय नवलपरासीले ४ जनालार्इू पक्राउ गरेको छ ।

 

प्रहरीले जुवाडेहरुबाट नगद रुपैया तिस हजार एक सय पच्चासि सहित एक बुक तास बरामद गरेको छ ।पक्राउ पर्नेमा ६२ वर्षिय चेम गुरुङ्ग, ४० वर्षिय टोप बहादु्र मास्की मगर, ६१ व्र्षिय कमन सिंह थापा र ३६ वर्षिय हेम बहादु्र कुमाल रहेका छन् ।

 

प्रकाउ पर्नेहरुको कानुनी रुपमा अनुसन्धान भईरहेको छ ।



सम्बन्धित
Loading...