कावासोतीमा निर्वाचन अघि नै नगरप्रमुख उपप्रमुखको दौडबाट १० जना रन आउट


 



कावासोती । पूर्वी नवलपरासीको कावासोतीमा निर्वाचन अघि नै नगरप्रमुख र उपप्रमुखको दौडबाट १० जना बाहिरिएका छन् ।

आज मनोनयन फिर्ता लिने अन्तिम दिन कावासोतीबाट नगरप्रमुखबाट नेकपा एकीकृत समाजवादीका सालिकराम भट्टराई सहित ७ जनाले नगरप्रमुखबाट उमेदवारबाट नामावली फिर्ता लिएका छन् ।

 




स्वतन्त्रबाट काँग्रेसका ३, एमालेका २ गरी ७ जना उमेदवार थिए । त्यसैगरी नेकपा मालेका जिल्ला अध्यक्ष लोकप्रसाद काफ्लेले पनि जिल्लामा नेकपा माले दल दर्ता नभएपछि स्वतन्त्रबाट उमेदवार दिएका थिए । काफ्लेले राप्रपाका उमेदवार गुणाखर काफ्लेलाई समर्थन गर्दै उमेदवारी फिर्ता लिएका छन् ।

त्यसैगरी काँग्रेसका बागी उमेदवारहरु कमल राज गुरौं, नारायण पन्त, एमालेका बागी उमेदवार नेकपा एमाले नगर कमिटि अध्यक्ष रामकृष्ण ढुंगाना, स्वतन्त्र उमेदवार बालकृष्ण पाण्डेले पनि आफूले नगरप्रमुखमा दिएको उमेदवार फिर्ता लिएका छन् ।

 

त्यसैगरी उपप्रमुखमा ३ स्वतन्त्र सहित ७ जनाको उमेवारी परेकोमा नेकपा एसका प्रेमकुमारी गैरे शर्मा, काँग्रेसका बागी उमेदवार गणेशप्रसाद पोख्रेल र स्वतन्त्र उमेदवार सीता देवी सिग्देल पगेनीले पनि उमेदवार फिर्ता लिएका छन् ।

 

कावासोती अन्तिम नामावली

नगर प्रमुख
विष्णु भुसाल नेकपा एमाले
महेन्द्र पोख्रेल नेपाली काँग्रेस
केशवप्रसाद अधिकारी विवेकशिल साझा पार्टी
गुणाखर काफ्ले राप्रपा
बुद्धिबहादुर सारु राष्ट्रिय जनमुक्ति पार्टी
गोपाल गुरुङ मंगोल नेशनल अर्गनाइजेशन
धनबहादुर लामा सामाजिक एकता पार्टी
अमित विश्वकर्मा स्वतन्त्र

माधवप्रसाद लम्साल स्वतन्त्र

उपप्रमुख
फुलकुमारी थनेत नेकपा एमाले
पतिराम थनेत माओवादी केन्द्र
रुनकुमारी महतो राप्रपा
चन्दा गुरुङ राष्ट्रिय जनमुक्ति पार्टी

 

कावासोती १६ मा नेपाली काँग्रेसका वडाध्यक्षका उमेदवारले उमेदवार फिर्ता लिएर माओवादी केन्द्रका आनन्द श्रेष्ठलाई समर्थन दिएका छन् ।

कावासोती १ र १४ मा भने माओवादी केन्द्र र नेपाली काँग्रेस दुवैको दावी यथावत रहेको छ ।

 



सम्बन्धित
Loading...