बुलिङटारका काँग्रेसका बागी अध्यक्ष उपाध्यक्ष दुवैले लिए उमेदवारी फिर्ता

नवलपुर । पूर्वी नवलपरासीको बुलिङटार गाउ‘पालिकामा नेपाली कांग्रेसबाट बागी उम्मेद्वारी हालेका चेसराम आलेले उम्मेद्वारी फिर्ता लिएका छन । स्रोतका अनुसार बुलिङटार गाउ‘पालिकामा पालिका अध्यक्षमा उम्मेद्वारी दर्ता गरेका आलेले अन्तत उम्मेद्वारी फिर्ता लिएका छन ।
टिकट बितरणमा असन्तुष्टि जनाउदै जिल्ला समन्वयका प्रमुख समेत रहेका आलेले अध्यक्षमा स्वतन्त्र उम्मेद्वारी दर्ता गरेका थिए ।गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोख्रेलका राजनितीक सल्लाहकार समेत रहेका खडग बहादुर कमाल प्रस्तावक बनेका थिए ।
पाटीले महत्वपूर्ण जिम्मेवारी दिएका व्यक्तिले समेत बागी उम्मेद्वारी दिएपछि चौतर्फी आलोचना भएको थियो । पाटीले बैठक बसेर आज उम्मेद्वारी फिर्ता गराएको छ । त्यसैगरी उपमेयरमा बागी उम्मेद्वारी दिएकी मैना वि.कले समेत उम्मेद्वारी फिर्ता लिएको स्रोतले जानकारी दिएको छ ।आज बिहान बिकले फिर्ता लिएकी छिन । बिक अघिल्लो स्थानिय चुनावमा उपमेयर पदमा विजयी भएकी थिइन ।
त्यसैगरी वडा नं ३ का वडा अध्यक्षमा स्वतन्त्र उम्मेद्वारी दिएका चन्द्र लम्कान, दलित महिला सदस्य तारादेवी दर्जी, महिला सदस्य सुकमाया राई ,वडा सदस्य केशर बहादुर कमाल र सन्त बहादुर पुलामी वडा नं ४ बाट का वडा अध्यक्षमा स्वतन्त्र उम्मेद्वारी दिएका भरतसिंह आले, वडा नं ५बाट दलित महिला सदस्य सन्तुमाया दमाईले आफ्नो उम्मेद्वारी फिर्ता लिएका छन ।
बैशाख ३० गते हुने स्थानिय चुनावमा बुलिङटार गाउ‘पालिकामा अध्यक्ष पदमा शशिकिरण वास्ताकोटी र उपाध्यक्षमा दिलमाया रानाले उम्मेद्वारी दिएका छन । बास्ताकोटी यस अघि पनि अध्यक्ष पदमा विजयी भएका थिए ।
बुलिङ्गटार गाउँपालिका अध्यक्ष÷उपाध्यक्ष उमेदवारहरुको अन्तिम नामावली
अध्यक्ष
शशिकिरण बस्ताकोटी नेपाली काँग्रेस
दिपेन्द्र सुनारी नेकपा एमाले
कृष्णप्रसाद घिमिरे राप्रपा
उपाध्यक्ष
दिलमाया राना नेपाली काँग्रेस
भूमिका खण्डलुक÷गुरुङ नेकपा एमाले
सीतादेवी सिग्देल राप्रपा
जिल्ला समन्वय समितिका संयोजक आले बुलिङ्गटार अध्यक्षमा बागी उमेदवार