कावासोतीमा राप्रपा पार्टी कार्यालय अगाडि आग-जनी, ४ वटा मोटरसाइकल र स्कुटीमा क्ष’ति




पूर्वी नवलपरासीको कावासोती नगरपालिका १६ तिनघरे चोकमा रहेको राप्रपाको पार्टी कार्यालय अगाडि आग-जनी भएको छ । गएराति आग-जनी भएको हो ।

 

आग-लागीबाट २ वटा मोटरसाइकल र २ वटा स्कुटी ज’लेर पूर्ण रुपमा न’ष्ट भएको नवलपुर प्रहरीले जनाएको छ ।

 




कावासोती १४ अग्यौली बस्ने नरबहादुर महतोले सञ्चालन गरेको बबुवा मोटरसाइकल वर्कशपमा मर्मतका लागि राखिएको २ वटा मोटरसाइकल, २ वटा स्कुटी, विद्युतको मिटर बक्स र एमसीबीमा अचानक आग-लागी भएको जनाइएको छ ।

 

आग-लागीको कारण नखुलेको र क्ष’तिको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

 

उक्त घरमा १० दिन अगाडि मात्रै राप्रपाले चुनावी प्रचारप्रसारका लागि सम्पर्क कार्यालय राखेको थियो ।



सम्बन्धित
Loading...