विजयनगरमा चुनावको महोल ततिदै ,चौतर्फी चर्चामा यादव
कपिलवस्तु । कपिलवस्तुको विजयनगरमा चुनावी सरगर्मी बढेको छ । जसपाले चुनावी अभियानलाई तिब्रता दिएको छ । यसै क्रम मतदाताको घरमा पुगेका जसपा उम्मेदवार अध्यक्ष पदका जानकी प्रसाद यादवलाई विजयनगरमा नयाँ नेतृत्वको आवश्यकता रहेकोे जसका लागि तपाई नै योग्य रहेको बताए । 
विजयनगर जनताको समस्यामा कुनै परिवर्तन नभएको विकास भेदभावपूर्ण ढंगले भएको,नागरिकले दुख पिडा सहदै आएकोले अब यो अवस्था आउन नदिन योजना अनुसार लाग्नु हामी सबै विजयनगरबासीको साथ सहयोग रहनेछ स्थानीय नागरिकहरुले यादवलाई विस्वास दिएको छन् ।
यादव लामो समयदेखि समाजसेवीका रुपमा विजयनगर बासिलाई सहयोग गर्दै आउनुभएको थियो । यादवले यस गाउँपालिकामा एक सक्रिय समाजसेवी नेताको काम गर्दै आउँदा राम्रो छबीसमेत बनाउन सफल व्यक्तित्वको रुपमा परिचित हुनुहुन्छ । पालिका बासीले जसपालाई अत्याधिक बहुमतका साथ अमुल्य मतले विजयी गराउनु हुनेमा विश्वस्त हुनुहुन्छ । 
यादवले प्रचारप्रसारलाई निरंतरता दिदै घोषणापत्र अनुसार काम गर्ने प्रतिबद्धता गरिरहेका छन् । यादव स्वच्छ,सरल,ईमानदार र जनताको लोकप्रिय नेताभएकोले साथै उहाँ संगै विजयनगरबासी लगायत उम्मेदवारमा रहेका प्रभावशाली व्यक्तिहरु उपाध्यक्ष,वडा अध्यक्ष र सदस्यहरुको साथ र सहयोग रहेकोेले चुनावमा बाजी मार्ने प्रबल सम्भावना रहेको छ ।