महिलाको श`व गाडिएको अवस्थामा फेला

इलाम नगरपालिका–८ सिङफ्रिङमा एक महिलाको श`व गाडिएको अवस्थामा फेला परेको छ ।
शनिबार दिउँसो गाडिएको अवस्थामा महिलाको श`व फेला परेको इलामका प्र`हरी प्रमुख महेन्द्र कुमार श्रेष्ठले जानकारी दिनुभयो ।
उक्त श`व स्थानीय बिनिता काफ्लेको भएको प्र हरीले जनाएको छ । काफ्ले दुई दिनदेखि हराएको भन्ने सुचना आएको र शनिबार श`व गाडेको अवस्थामा भेटिएको प्र हरीको भनाइ छ ।
कसैले ह`त्या गरेर श`व गाडेको हुनसक्ने देखिएकाले प्र हरीले अनुसन्धान प्रकृया अघि बढाएकोे जनाएको छ । श`व पोस्टमार्टमका लागि धरान पठाइएको छ ।