बहुमूल्य जडीबुटी सुनखरीसहित महिला पक्राउ

जिल्ला प्रहरी कार्यालय बागलुङले सुनखरी (जडीबुटी)सहित एक महिलालाई पक्राउ गरेको छ।

प्यूठानको स्वर्गद्वारी नगरपालिका–३ की देवी केसीलाई जिल्ला प्रहरी कार्यालय बागलुङको प्रहरी टोलीले २५० किलो सुनाखरीसहित बागलुङ नगरपालिका–१ मालढुंगाबाट पक्राउ गरेको हो।

शंकास्पद रूपमा फेला परेकी केसीबाट १० वटा बोरामा रहेको खैरो रङको सुनाखरी बरामद गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले बताए।

बागलुङबाट काठमाडौं लैजाँदै गरेको उक्त सुनाखरी नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि डिभिजन वन कार्यालय बागलुङमा पठाउने तयारी गरेको सूचना अधिकारी रानाले बताए।

सम्बन्धित
Loading...