गैंडाको आक्रमणबाट चितवनमा एक पुरूष घाइते




चितवनमा एक सिंगे गैंडाको आक्रमणबाट एक जना पुरूष घाइते भएका छन्।

 

भरतपुर महानगरपालिका–२८ गोलाघाटका ३७ वर्षीय मनबहादुर कुमाललाई गैंडाले आक्रमण गरेको हो।

 




बिहान ९ बजेतिर मिस्त्री काम गर्न जाँदै गर्दा घरबाट चार सय मिटर अगाडि मकैबारीमा कुमाललाई गैंडाले आक्रमण गरेको हो।

 

उनको भरतपुर अस्पतालमा उपचार भइरहेको छ। उनको पेट र खुट्टामा चोट लागेको चितवन प्रहरीका प्रवक्ता डिएसपी नरहरि अधिकारीले बताए।

 



सम्बन्धित
Loading...