ना`बालिका छोरी ब`लात्कारको अ`भियोगमा बाबु प`क्राउ

ऐसेलुखर्क गाउँपालिकामा छुट्टा–छुट्टै घटनामा दुई नाबालिका बलात्कृत भएका छन् । उक्त पालिकाको वडा नं ५ महेश्वरीमा १२ वर्षीया र वडा नं ७ माक्पामा २ वर्षीया नाबालिका बलात्कृत भएका हुन् ।
महेश्वरीमा आफ्नै बाबुले १२ वर्षीया छोरीलाई बैशाख १३ गते ब`लात्कार गरेको अभियोगमा शुक्रबार प`क्राउ परेका छन् ।
छोरीलाई जबरजस्ती करणी गरेको सूचना आएपछि ऐसेलुखर्कस्थित इ`लाका प्रहरी कार्यालयबाट खटिएका प्रहरीको टोलीले पक्राउ गरेको प्रहरी नायव उपरीक्षक उमेश लम्सालले बताए ।
पक्राउपछि थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । माक्पामा २ वर्षीया नाबालिकामाथि १२ वर्षीय नाबालकले बलात्कार गरेको अभियोगमा उनलाई पनि प`क्राउ गरिएको डिएसपी लम्सालले बताए ।