भरतपुरमा क्रान्तिकारी माओवादीका नौं नेता पक्राउ, निर्वाचन विरोधी गतिविधिमा सक्रिय भएको आरोप


 



भरतपुरमा मोहन वैद्य निकट क्रान्तिकारी माओवादीको कार्यक्रमबाट नौं नेता तथा कार्यकर्ता पक्राउ परेका छन् ।

 

अन्तर्राष्ट्रिय मजदूर दिवसको अवसरमा नारायणगढमा भएको प्रदर्शनबाट उनीहरुलाई पुलचोकबाट प्रहरीले पक्राउ गरेको हो ।

 




पक्राउ पर्नेमा माओवादी क्रान्तिकारीका नेताहरु अटल, विकास, केन्द्रीय सल्लाहकार दिवाकर न्यौपाने, अमृत चापागाइँ, हकिृष्ण खनाल, मधु बजगाई, प्रेम कँडेल र मिलन श्रेत्री रहेका छन् ।

 

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता नरहरि अधिकारीले वैद्य माओवादीका नेता तथा कार्यकर्ताहरु स्थानीय निर्वाचन विरोधी गतिविधिमा सक्रिय रहेकोले उनीहरुलाई पक्राउ गरिएको  बताए ।

 

उनले भने, ‘ स्थानीय निर्वाचन बहिष्कार गरौं भन्ने जस्ता नारा लगाउँदै निर्वाचन विरोधी क्रियाकलाप गरेकोले उनीहरुलाई पक्राउ गरिएको हो ।’

 



सम्बन्धित
Loading...