करेन्ट लागेर एक पुरुषको मृत्यु


 



गुल्मीमा विद्युतको पोल बनाउने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ ।

 

जिल्ला प्रहरी कार्यालय गुल्मीकाअनुसार इस्मा गाउँपालिका–२ छल्दीमा विद्युत पोलमा चढेर मर्मत गर्ने क्रममा करेन्ट लागी स्थानीय ४० वर्षीय गोकर्ण थापाको मृत्यु भएको हो  ।

 




उनी करेन्ट लागेर घाइते भएका थिए ।  उपचारका लागि भैरहवामा लैजाने क्रममा आज बिहान बाटैमा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

 

 



सम्बन्धित
Loading...