वडाध्यक्ष उम्मेदवारका बुवामाथि धारिलो हतियार प्रहार


 



धनुषाको कमला नगरपालिका उम्मेदवारका बुबामाथि धारिलो हतियार प्रहार भएको छ ।

 

नगरपालिकाको वडा नम्बर १ मा वडाध्यक्षका उम्मेदवार सर्वदेव यादवका ७० वर्षीय बुवा चन्द्रनारायण यादवलाई बुधबार राति घरमै अज्ञात समूहले धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाएको हो ।

 




उनको अवस्था चिन्ताजनक रहेको धनुषा प्रहरीले जनाएको छ ।

 

वडाध्यक्षका उम्मेदवार यादवले खुकुरी र चक्कुसहित अज्ञात समूह आफूलाई आक्रमण गर्न आएको तर बुवामाथि उनीहरूले आक्रमण गरेको दाबी गरे ।

 

घाइते यादवको उपचार जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा भइरहेको धनुषा प्रहरी नायब उपरीक्षक प्रदीप बहादुर क्षेत्रीले बताए ।

 

उनको शरीरमा २० भन्दा बढी ठाउँमा टाँका लागेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए ।

 



सम्बन्धित
Loading...