कांग्रेस र माओवादीबीच झडप, उम्मेदवार घाइते


 



रोल्पाको माडी गाउँपालिका–३ तालाबाङमा गए राति झडप हुँदा नेपाली कांग्रेसका वडाध्यक्ष उम्मेदवार मीनबहादुर डाँगी घा”इते भएका छन्।

 

कांग्रेस र माओवादी कार्यकर्ताबीच झ>डप भएको हो।बुधबार तालावाङ बजारमा चुनावी सभा भएको थियो। साे  सभा सकेर फर्कने क्रममा झ,डप भएको हो।

 




डाँगीलाई रड प्रहार गरी घा.इते बनाएको कांग्रेसले जनाएको छ।

 

कांग्रेस क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति गोपाल घर्तीले पार्टीका उम्मेदवारमाथि आक्रमण भएको बताए। ‘उम्मेदवार चढेको गाडी नै नियन्त्रणमा लिएर उहाँमाथि रड प्रहार भएको हो,’ उनले भने।

उनलाई उपचारका लागि दाङ लगिएको छ।

 

आफ्ना कार्यकर्तामाथि कांग्रेसले आक्रमण गर्दा प्रतिकार गरिएको माओवादीको दाबी छ। माओवादी केन्द्रका माडी गाउँपालिका सचिव वीरबहादुर घर्तीले कांग्रेसले आक्र!मण गरेपछि प्रतिकार गरेको बताए।

 

प्रहरी निरीक्षक थमन जिसीले गए राति झ<डप भए पनि अहिले अवस्था सामान्य रहेको बताए।

 

स्थानीय चुनावमा माडीमा माओवादी र एकीकृत समाजवादी तथा कांग्रेस र एमालेबीच तालमेल छ।

 



सम्बन्धित
Loading...