काठमाडौँमा ह`त्या गरी फरार ‘मुण्डा’ तीन वर्षपछि प`क्राउ

काठमाडौँको तीनकुनेमा एक व्यक्तिको ह`त्या गरी फ`रार रहेका ‘मुण्डा’ भनिने सरोज सुन्दासलाई प्र`हरीले तीन वर्षपछि प क्राउ गर्न सफल भएको छ । २०७५ साल मंसिर ८ गते गैरिगाउँस्थित पेट्रोल पम्पनजिकै सुन्दासले महेश परियार र मनिष बानियाँसँग मिलेर बिक्की थेवे लिम्बुको ह`त्या गर्नुका साथै अनिल श्रेष्ठलाई गम्भीर घाइते बनाएका थिए ।
परियार र बानियाँलाई सोही साँझ काठमाडौँको तारकेश्वर नगरपालिकाबाट नियन्त्रणमा लिएकोमा सुन्दास भने फरार रहेका थिए । उनी घटनापछि भारत गएर बसेका थिए । तर विगत २–३ महिनादेखि काठमाडौँको नैकापमा लुकिछिपी बसिरहेको भन्ने गोप्य सूचनाका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले सुन्दासलाई बुधबार पक्राउ गर्न सफल भएको थियो ।
उनलाई आवश्यक कारबाहीका लागि जिल्ला अदालत काठमाडौँ पठाइएको प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिएका छन् ।
परियार र बानियाँ जिल्ला अदालत काठमाडौँको फैसलाबाट केन्द्रीय कारागारमा जन्मकैदको सजाय भुक्तान गरिरहेका छन् । २५ वर्षीय सुन्दासको हकमा भने सो मुल्तबीमा राखिएको थियो ।