चितवनको पदमपुरमा वाईसीएल इन्चार्जद्वारा एमाले कार्यकर्तामाथि आक्रमण

चितवन । माओवादी केन्द्रको भातृ संगठन वाइसिएल कालिकाका इन्चार्ज नवराज घलानको आक्रमणबाट एमालेका कार्यकर्ता महेन्द्र विक घाइते भएका छन्।
कालिका–३, शान्ति टोल, पदमपुर निवासी ३४ वर्षीय विकलाई वाइसिएल कालिकाका इन्चार्ज घलानले गएराति ११ बजे फोन गरी घरबाट बोलाएर आक्रमण गरेका हुन्।
बोलाएर २ सय मिटर पर लगि १५/१६ जनाको समूहले बोत्तल तथा सीसाले टाउकोमा हिर्काएर घाइते बनाएको स्थानीयले बताएका छन्। चितवन प्रहरी प्रवत्ता डिएसपी नरहरि अधिकारीले झगडा भएको जानकारी पाए पनि कारण नखुलेको बताए।
जनैतिक वा गैरराजनैतिक भन्ने विषयमा एकिन नभएको उनले बताए। आरोपित व्यक्ति भने अझै गिरफ्तार भएका छैनन्।