जित हाम्रो सुनिश्चित छ :सञ्जय चौधरी
अनिल थारु , कपिलवस्तु । कपिलवस्तुको विजयनगर गाउँपालिकाकाे वडा नम्बर १ बाट सञ्जय चौधरीले उम्मेदवारी दिनु भएकाे छ । उहाँले स्वतन्त्रबाट वडा अध्यक्ष पदमा उम्मेदवारी दिनुभएको छ ।
वडाका हरेक विकासको दृष्टिकोणले पछाडी परेको हुदा वडाध्यक्ष को अधिकार सब प्रयोग गर्दै दत्तचित्त भएर काम गर्न सक्ने एकमात्र वडामा योग्य युवा उम्मेदवार भएको हुदा चौधरीलाई जिनाउनुपर्नेमा वडावासीहरुले जोड दिएका छ्न ।
वडामा चाैधरीले लामाे समयदेखि समाजसेवा गर्दै आउनुभएकाे छ । उहाँले यस वडामा एक सक्रिय युवा नेताकाे रुपमा परिचित हुनुहुन्छ । चाैधरीलाई वडा अध्यक्षमा जिताउनु पर्ने भन्दै अधिकांश युवाले साथ दिएका छन् । हरेक दृष्टिकोणकाे पछाडी परेकाे क्षेत्रमा युवाकाे उम्मेदवारीले वडाबासी खुसी भएका छन् ।
उहाँले पालिका र वडाको विकास र परिवर्तनको लागि पालिकावासीहरुको माग र चाहना अनुसार आफुले पुनः उम्मेदवारी रहेकोले आफुले शिक्षा, स्वास्थ्य र युवा रोजगारीको सुनिश्चित भौतिक पुर्वाधारको विकासमा जोड दिदै अगाडि बडी पालिका वडावासीको चाहाना मनोभावना अनुसारका काम गर्दै जाने बताए ।